STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १७, शुक्रबार

    सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै

    पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ...

  • २०७६ श्रावण १७, शुक्रबार

    कालिका मन्दिर ः मागेर खाने क्षेत्र मुक्त घोषणा

    गण्डकी प्रदेशकैउत्कृष्ट धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका मन्दिर परिसरमा मागेर खाने बेसाहारालाई आज उद्धार गरिएको छ । नेपाल सरकारले सडक मानवमुक्त गराउने अभियानअन्तर्गत कालिका मन्दिर प्रवेशद्वारमा लामो समयदेखि मागेर खाने बेसाहारालाई उद्धार गरेसँगै मन्दिर परिसरलाई ‘मागेर खाने क्षेत्र मुक्त घोषणा’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...

  • २०७६ श्रावण १७, शुक्रबार

    राष्ट्रिय निकुञ्जद्वारा रु १६ करोड राजश्व सङ्कलन

    सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ लाख २३ हजार २२१ र आन्तरिक पर्यटकबाट रु ७२ हजार २३० राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले...

  • २०७६ श्रावण १७, शुक्रबार

    विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना

    विषादीयुक्त खानेकुराको असर र यसको निराकरणका सम्बन्धमा विषयमा आज यहाँ सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्षेत्री समाज पोखरा–१६ द्वारा ग्रिन नेपाल र सत्यनाम अस्पतालको सहयोगमा बाटुलेचोरका गृहिणीलाई लक्ष गरी सो कार्यक्रम आयोजना गरिएको हो । मिसावटयुक्त खाना विषादी हालिएका खानाका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता खानेकुराबाट आपूmलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी...

  • २०७६ श्रावण १७, शुक्रबार

    प्राकृतिक ताल अतिक्रमण हँुदै

    पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् । पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमङ्गल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला तालहरु हुन् । तर अधिकांश ताल अतिक्रमण भएर...

  • २०७६ श्रावण १७, शुक्रबार

    उपराष्ट्रपतिसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले आज शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो । उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी...

  • २०७६ श्रावण १७, शुक्रबार

    भूकम्पको चार वर्षपछि बन्दै मल्लकालीन कोटभैरव मन्दिर

    विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर...

  • २०७६ श्रावण १७, शुक्रबार

    वडा कार्यालय भवन निर्माण गर्दै कामपा

    काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले...

  • २०७६ श्रावण १७, शुक्रबार

    वैज्ञानिक वन व्यवस्थापनले जङ्गलबाट पशुपक्षी हराउँदै

    दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पु¥याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीय बताउँछन् । लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले वैज्ञानिक वन व्यवस्थापनले नोक्सानसँगै थप समस्या सिर्जना गरेको बताउनुहुन्छ । “...

  • २०७६ श्रावण १७, शुक्रबार

    कार्यसम्पादन सम्झौताले सरकारको कामलाई नयाँ गति दिन्छ ः अर्थमन्त्री डा खतिवडा

    प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी बनाउन सो विधेयक ल्याएको हो । विधेयकले सरकारी...

  • २०७६ श्रावण १७, शुक्रबार

    मन्दिरबाट सहयोगापेक्षीको उद्धार

    बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेका सहयोगपेक्षी मगन्ते को उद्धार गरिएको छ । स्थानीय प्रशासनको सहयोगमा मानवसेवा आश्रमले मन्दिरमा मागेर जीवन गुजारिरहेका उनीहरूलाई उद्धार गरी आश्रममा ल्याइएको हो ।“कोही पनि मानिस सडकमा मागेर बस्नु नपरोस् भनेर अभियान शुरु गरेका छौँ” आश्रमका संयोजक सुमिरा लामाले भन्नुभयो, “एक वर्षभित्र मगन्तेरहित बागलुङ सडक बनाउने हाम्रो लक्ष्य छ ।”मन्दिरबाट तीन जनालाई उद्धार गरी...

  • २०७६ श्रावण १७, शुक्रबार

    लोकमार्गमा सास्ती उस्तै

    सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । घोडाबाँधे नपुगुञ्जेल सास्ती घट्दैन । त्यतिञ्जेल २५ किमी यात्रा तय भइसकेको हुन्छ । त्यहाँ पुगेपछि भने केही राहत महसुस हुन्छ । थकित बनेका यात्रुले सन्तोषको सास फेर्छन् । काठेखोला गाउँपालिकाको घोडाबाँधेबाट भने...

Pages