राष्ट्रिय
-
२०७६ श्रावण १९, आइतबार
सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा साउन २० गते प्रचार प्रसार गर्ने
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको...
-
२०७६ श्रावण १९, आइतबार
६० परिवारलाई गोबरग्यास वितरण गरिँदै
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ । त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको...
-
२०७६ श्रावण १९, आइतबार
बौद्ध सङ्ग्रहालय स्थापना हुँदै
महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले...
-
२०७६ श्रावण १९, आइतबार
डल्फिन अवलोकनमा रमाउँदै पर्यटक
कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ जलयात्रा सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले सजिलै देख्न सकिन्छ । दोभान नजिक रहेको ढुङ्गाना गाउँका केही युवा विद्यालयको वर्षे बिदाको मौकामा डल्फिन अवलोकन गर्न आउने...
-
२०७६ श्रावण १९, आइतबार
एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण
सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त...
-
२०७६ श्रावण १९, आइतबार
कमसल बाँध बनाउने ठेकेदारलाई कारवाही गरिने
रु ५२ लाखको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।खैरनी खोलाको दोभानस्थित ज्यामिरे बस्ती जोगाउन बनाइएको बाँध ठेकेदारको लापरवाहीले एक हप्तासम्म पनि ‘सेट’ नभएको स्थानीय रामप्रसाद घिमिरेले बताउनुभयो । कम्पनीले मापदण्ड विपरीत बालुवाको मात्रा बढी हालेको र सिमेन्ट तथा छडको प्रयोग कम गरेको अनुगमनका...
-
२०७६ श्रावण १९, आइतबार
विद्यालय सञ्चालन गर्न महायज्ञ
पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा...
-
२०७६ श्रावण १९, आइतबार
फल्न छाड्यो गुराँसेको स्याउ
एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुरा“से स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि...
-
२०७६ श्रावण १९, आइतबार
सेल्फी ब्रिजको उद्घाटन
सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको ९पुल०सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गर्नुभएको हो । रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले...
-
२०७६ श्रावण १९, आइतबार
कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ अर्थमन्त्री डा खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा उहाँले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले अहिले भएका सुधारबाट व्यवसायी...
-
२०७६ श्रावण १९, आइतबार
पर्यावरणमैत्री निर्माणमा जोड
प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्दै पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक स्रोत सुक्दै गएको तर्फ ध्यानाकर्षण गराउनुभयो । कङ्क्रिट निर्माणकार्यले वातावरणीय समस्यामा वृद्धि भएको तर्फ...
-
२०७६ श्रावण १९, आइतबार
सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली सरकार
र्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ । त्यसैका लागि प्रदेश सरकारले आज बिहान काठमाडौँमा बृहत् छलफल गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी ९क्रीस०को प्रतिनिधिमण्डल, सम्बन्धित क्षेत्रका विज्ञ तथा...


