STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १९, आइतबार

    आँखा परीक्षणबाट ६६३ विद्यार्थी लाभान्वित

    रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिनुभयो । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको वार्षिक...

  • २०७६ श्रावण १९, आइतबार

    सात जिल्लामा खाद्य सङ्कट

    कर्णाली प्रदेशका सात जिल्ला वर्षेनी खाद्य सङ्कट हुन्छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा स्थानीय उत्पादनले तीन महीना पनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य सङ्कटको समस्या हुने गरेको हो । दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ । उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, रुकुम र सल्यान खाद्य सुरक्षाको जिल्लामा परेका छन्...

  • २०७६ श्रावण १९, आइतबार

    भब्सी खोलामा बेलिब्रिज निर्माण , यातायात सञ्चालन

    पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ । असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो । पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५÷३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको...

  • २०७६ श्रावण १९, आइतबार

    बाघमारामा फस्टाउँदै लहरे तरकारी

    चार दशक अघिसम्म बाघमाराको मास र पिडालु कास्कीमा मात्र नभई असापासका जिल्लामा पनि प्रसिद्ध थियो । छिटै पाक्ने, स्वादिलो यहाँको मास तथा पिंडालुको माग त्यो समयमा नै हुने गर्दथ्यो । “यहाँ उत्पादन हुने मासको दाल तथा पिंडालु किन्न त्यतिबेला टाढाटाढाबाट मानिस आउने गर्दथे”, “करीब ५० वर्षअघिको अनुभव सुनाउँदै ६५ वर्षीय देवीलाल आचार्यले भन्नुभयो ।” त्यो बेला यहाँको मास एक पाथीको तीन रुपैयाँमा बिक्री हुने...

  • २०७६ श्रावण १९, आइतबार

    गोली लागेर एकको मृत्यु

    जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । गए राति करीब १०ः४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ्गली जनावर...

  • २०७६ श्रावण १९, आइतबार

    विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताउनुभयो । बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् लाइन काट्ने, जनचेतना फैलाउने जस्ता काम गर्दै आएको छ । प्राधिकरणले...

  • २०७६ श्रावण १९, आइतबार

    जिससविरुद्ध प्रदेशसभा सदस्यको उजुरी

    जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुनुहुन्छ । भूकम्पपीडितलाई वितरण गरेर बाँकी...

  • २०७६ श्रावण १९, आइतबार

    एक्काइस सय लिटर नष्ट

    सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आकस्मिकरूपमा छापा मारेर उत्पादन भइरहेको क्षेत्रबाट नियन्त्रणमा...

  • २०७६ श्रावण १९, आइतबार

    पत्रकार थापाको मृत्यु

    नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध हुनुहुन्थ्यो ।...

  • २०७६ श्रावण १९, आइतबार

    रोल्पाकै पहिलो महिला अधिवक्ता

    रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बन्नुभएको छ । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बन्नुभएको हो । अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले चौथो स्थान हासिल गर्नुभयो । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ । त्यसरी नाम सार्वजनिक...

  • २०७६ श्रावण १९, आइतबार

    पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम

    पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन ९युनिट्राभ० गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा...

  • २०७६ श्रावण १९, आइतबार

    रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन ः लोभलाग्दो प्रगति

    तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण व्यवसायीको अनेकन बहाना, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक र प्रशासनिक झन्झटका कारण पनि परियोजनामा ढिलाइ हुँदै आएको छ । प्राकृतिक विपत्ति तथा अन्य कारण पनि आयोजनाको ढिलाइका कारण बन्दै आएका छन् । त्यस्ता कारणले गर्दा सरकारको अपेक्षासमेत पूरा नहुने र समय र लागत बढ्दा पर्ने नकारात्मक...

Pages