राष्ट्रिय
-
२०७६ श्रावण २०, सोमबार
भदौदेखि ‘ई–टिकेटिङ’
पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “अबको छ महीनामा योजना...
-
२०७६ श्रावण २०, सोमबार
नागपोखरीमा मेला
काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा...
-
२०७६ श्रावण २०, सोमबार
विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्
अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत...
-
२०७६ श्रावण २०, सोमबार
गुथी विधेयकबारे छलफल गर्न समिति
सरकारले हालै ल्याएको गुथी विधेयकको सन्दर्भमा गुथियारबीच छलफल चलाउन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न गुथियारहरुको एक कार्यसमिति गठन गरेको छ । काठमाडौँको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई चयन गरेको छ । सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई दिइएको छ । सदस्यहरुमा...
-
२०७६ श्रावण २०, सोमबार
नागका मन्दिर र घरघरमा नागको पूजा
श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको [caption id="...
-
२०७६ श्रावण २०, सोमबार
बागलुङलाई ‘सडक मानवरहित’ बनाइने
बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “बेसहारा बनी सडकमा पुगेका व्यक्तिको उद्धार...
-
२०७६ श्रावण २०, सोमबार
सार्वजनिक शौचालयमा किराना पसल
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका...
-
२०७६ श्रावण २०, सोमबार
बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला
यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए । विद्यालयबाट घर नफर्केपछि उनीहरुको...
-
२०७६ श्रावण १९, आइतबार
विद्यालय सञ्चालन गर्न महायज्ञ
पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा...
-
२०७६ श्रावण १९, आइतबार
फल्न छाड्यो गुराँसेको स्याउ
एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुरा“से स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि...
-
२०७६ श्रावण १९, आइतबार
सेल्फी ब्रिजको उद्घाटन
सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको ९पुल०सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गर्नुभएको हो । रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले...
-
२०७६ श्रावण १९, आइतबार
कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ अर्थमन्त्री डा खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा उहाँले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले अहिले भएका सुधारबाट व्यवसायी...


