relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण २२, बुधबार

    आलेख ः गाउँघरमा सिलोक गाउन छाडे

    ‘इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन । भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।। चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि । भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।।’ यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा गाउने सिलोक श्लोक हुन् । यसको आफ्नै लय हुन्छ । जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ । बेहुली...

  • २०७६ श्रावण २२, बुधबार

    बोटे बस्तीमा घरबास सञ्चालन गरिने

    मकवानपुरको मनहरी गाउँपालिका रमौली प्रतापपुरमा निर्माण गरिएको एकीकृत बोटे बस्तीलाई होमस्टे घरबास का रुपमा विकास गरिने भएको छ । मनहरी गाउँपालिकाको पहलमा प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु २० लाख लगानी गरेर निर्माणाधीन बोटे बस्तीलाई गाउँपालिकाले नै होमस्टे निर्माण गरेर आर्थिक अवस्था सुधारका लागि काम गरिने जनाएको छ । रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माणाधीन रहेकोे गाउँपालिकाका अध्यक्ष...

  • २०७६ श्रावण २२, बुधबार

    विपद् पूर्वानुमान गर्न सेन्सर जडान

    विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन ९एनसिडीआर०को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण...

  • २०७६ श्रावण २२, बुधबार

    अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख

    अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयले मात्र अभिलेख शाखा स्थापना गरी २५ वर्ष पुराना अभिलेख अभिलेखालयमा पठाएका छन् । बाँकी मन्त्रालय तथा विभागले उक्त...

  • २०७६ श्रावण २१, मंगलबार

    महाकाली नदीमा पानीको बहाव बढ्यो

    सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका...

  • २०७६ श्रावण २१, मंगलबार

    काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

    नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको छ । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल जानुभएको थियो । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार÷पाँच दिनदेखि घरमै आराम...

  • २०७६ श्रावण २१, मंगलबार

    लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञानः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रमाथि सङ्कट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि सङ्कट आएको चर्चा भ्रम छर्ने...

  • २०७६ श्रावण २१, मंगलबार

    महायज्ञमा एकैदिन २९ लाख बराबरको दान सङ्कलन

    पनौती नगरपालिका–धनेश्वरस्थित धनेश्वर महादेव प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ को पहिलो दिनमा रु २९ लाख बराबरको दानसङ्कलन भएको छ । पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा जगदीश वैद्यले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २७ लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।...

  • २०७६ श्रावण २१, मंगलबार

    किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति

    प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिनुभएको थियो ।...

  • २०७६ श्रावण २१, मंगलबार

    प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

    भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको...

  • २०७६ श्रावण २१, मंगलबार

    टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

    दाङ तुलसीपर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग...

  • २०७६ श्रावण २१, मंगलबार

    मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेकोे छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो । पहिलो दिन चार वटा हटाइएको र अन्य चारलाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको...

Pages