राष्ट्रिय
-
२०७६ श्रावण २१, मंगलबार
पुरोहितको दक्षिणा रु एक सय एक
माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताउनुभयो । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । हुने खानेले विवाह,...
-
२०७६ श्रावण २१, मंगलबार
औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला
करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्नुपथ्र्यो । वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । २० वर्षअघिको समयलाई नजरअन्दाज गर्ने हो भने अझ पञ्चायतकालीन अवस्थामा...
-
२०७६ श्रावण २१, मंगलबार
‘गुथियारसँग वार्ताको पहल भएको छैन’
कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आप्mना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति मात्र होइन, गुथी शब्द सयौँ वर्षदेखि देशको राष्ट्रिय पहिचानका रुपमा स्थापित भइसकेको छ । सरकारले नेवार समुदायको मौलिक पहिचान गुथी संरचनालाई सामन्ती...
-
२०७६ श्रावण २१, मंगलबार
चर्चिच गित मुसुमुसु हाँसिदेऊ न लैलैुका गायक नोर्देनको निधन
नेपाली जगतका चर्चित गायक मुसुमुसु हाँसिदेउन लै चर्चित गित तथा हिमालयन ब्याण्डका संस्थापक गायक संगीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् १९५० मा भारतको खस्र्याङमा जन्मिएका हुन् । भुटियाको ६१ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हो । उनलाई केहि वर्ष अगाडि घाँटीको क्यान्सर भएको थियो । मुुसुमुसु हाँसीदेउ बोलको गितलाई पछि शानले गाएका थिए । सन् १९७१ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका...
-
२०७६ श्रावण २१, मंगलबार
महाकाली नदीमा पानीको बहाव बढ्यो
सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका...
-
२०७६ श्रावण २१, मंगलबार
काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको छ । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल जानुभएको थियो । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार÷पाँच दिनदेखि घरमै आराम...
-
२०७६ श्रावण २१, मंगलबार
लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञानः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रमाथि सङ्कट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि सङ्कट आएको चर्चा भ्रम छर्ने...
-
२०७६ श्रावण २१, मंगलबार
महायज्ञमा एकैदिन २९ लाख बराबरको दान सङ्कलन
पनौती नगरपालिका–धनेश्वरस्थित धनेश्वर महादेव प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ को पहिलो दिनमा रु २९ लाख बराबरको दानसङ्कलन भएको छ । पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा जगदीश वैद्यले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २७ लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।...
-
२०७६ श्रावण २१, मंगलबार
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिनुभएको थियो ।...
-
२०७६ श्रावण २१, मंगलबार
प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा
भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको...
-
२०७६ श्रावण २१, मंगलबार
टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने
दाङ तुलसीपर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग...
-
२०७६ श्रावण २०, सोमबार
नागका मन्दिर र घरघरमा नागको पूजा
श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको [caption id="...


