राष्ट्रिय
-
२०७६ श्रावण १७, शुक्रबार
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताउनुभयो । उहाँले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गर्नुभयो । निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा...
-
२०७६ श्रावण १७, शुक्रबार
कर्णालीसम्म पुग्छ बाँकेका ईंटा
नेपालगञ्जको पुरानो बजार एकलैनी, सदरलाइन, त्रिभुवन चोक जस्ता बस्ती सयौं वर्षअघि बने । ईंटाको पर्खाल र ईंटाकै ढलान भएका घरहरु अहिले पनि देख्न सकिन्छ । यी घरहरु बन्ने बेलामा नेपालगञ्जमा ईंटा पाइँदैन्थ्यो । घर बनाउनका लागि भारतबाट ईंटा ल्याउनुपथ्र्यो । विसं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्जमा ईंटा भित्रिन्थ्यो । त्यहाँबाट ल्याइएका ईंटाबाट यहाँका धेरै घर बने । बाबागञ्जको ईंटाले सुर्खेतसम्म...
-
२०७६ श्रावण १७, शुक्रबार
राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप
पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२।३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा धमाधम प्रवाह भइरहेको छ । २२।१ मेगावाट लक्ष्यको तल्लो हेवाको अहिलेको वास्तविक उत्पादन २२...
-
२०७६ श्रावण १७, शुक्रबार
वडा कार्यालय भवन निर्माण गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले...
-
२०७६ श्रावण १७, शुक्रबार
सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट जुम्ला पुग्यो
सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहँुदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी...
-
२०७६ श्रावण १७, शुक्रबार
लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा...
-
२०७६ श्रावण १७, शुक्रबार
सामुदायिक स्वास्थ्य एकाइ सेवा प्रभावकारी बन्दै
चितवनको इच्छाकामना गाउँपालिका–७ का शान्ति तामाङ झण्डै दुई महीनादेखि टाउको दुख्ने समस्याबाट ग्रसित हुनुहुन्थयो । तर उहाँ अस्पताल जानुभएको थिएन । नजिकै स्वास्थ्य जाँच गरिन्छ भनेको थाहा पाएपछि साउन १५ गते उनी जँचाउन सामुदायिक स्वास्थ्य एकाइ स्याङदीमा पुग्नुभयो । उहाँको शरीरमा रगतको मात्रा केही कमी भएको पाइयो । यो ठूलो समस्या नभएको र प्रशस्त पानी पिउन र खानपिनमा ध्यान दिन चिकित्सले सल्लाह दिए ।...
-
२०७६ श्रावण १७, शुक्रबार
राजमार्ग जीर्ण बन्दै मर्मतको माग
वर्षायामको भलपानीका कारण रसुवागढी क्षेत्रको राजमार्ग जीर्ण बन्दै गएको छ । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने एकमात्र उत्तरी नाका रसुवागढी राजमार्ग जीर्ण भएपछि कसरी कन्टेनर डिब्बा गुढाउने भन्ने विषयमा चिन्ता हुन थालेको सवारी चालकले बताएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भिर इलाकामा सडक सतह जीर्ण हँुदा हिलोको लिगमा गुडाउँदा तलका पार्टपूर्जा ठोक्किएर बिग्रने, लिगभन्दा बाहिर चक्का...
-
२०७६ श्रावण १७, शुक्रबार
सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना
तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरुलाई प्रतिशिक्षक रु पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह गरेको छ । नयाँ आव शुरु भएको ६० दिनभित्रमा...
-
२०७६ श्रावण १७, शुक्रबार
सुदूरपश्चिम विश्वविद्यालयः ‘किचलोको भूमरीमा’
कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्ट्रारको निवासबाट कार्यालयको कामकाज भइरहेको थाहा पाउनासाथ गत सातादेखि निवासमै तालाबन्दी गर्न पुगे । सुदूरपश्चिम विश्वविद्यालयका...
-
२०७६ श्रावण १७, शुक्रबार
विषालु जङ्गली च्याउ नखान अभियान शुरु
जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा ‘जङ्गली च्याउ नखाऊँ, सुरक्षित बनौँ’ भन्ने उद्देश्यले अभियान चलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा खोजेर ल्याएको च्याउ खाँदा ज्यानै जान सक्छ भन्ने चेतना अझै पनि गाउँ–गाउँमा नभएर थुप्रै नागरिकको अकालमा...
-
२०७६ श्रावण १७, शुक्रबार
वालिङमा एकहजार उद्यमी थपिने
वालिङ नगरपालिकामा आगामी नौ महीनाभित्र एक हजार जनालाई उद्यमी बनाउने भएको छ । दियालो गैह्र सरकारी संस्थाले वालिङ नगरपालिका र युएनडिपीको सहयोगमा यस्तो अभियाना थालेको हो । स्मार्ट सिटीको परिकल्पनामा अगाडि सर्दैगरेको वालिङ नगरपालिकाबाट एक करोड, युएनडिपीबाट एक करोड गरी दुई करोडको लागतमा महिलाहरुद्वारा सञ्चालित दियालो गैह्र सरकारी संस्थामार्फत ‘मोडेल प्रोजेक्ट’ सञ्चालन गरिने भएको हो । “गाउँका मानिसहरु...


