STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २६, आइतबार

    बकर इदको शुभकामना ः मुख्यमन्त्री पोखरेल

    मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल अजाहा बकर इद पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रङ्गिएको र कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद...

  • २०७६ श्रावण २६, आइतबार

    बजेट खर्च हुन नसक्दा विकास प्रभावित ः दुई अर्ब बजेट फिर्ता

    कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजेट रहेको ३३ करोड ४६ लाख गत असार मसान्तसम्म खर्च भयो । बाँकी रु पाँच करोड ४१ लाख खर्च हुन...

  • २०७६ श्रावण २६, आइतबार

    बकर इद पर्व मनाइँदै

     मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र...

  • २०७६ श्रावण २६, आइतबार

    गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट...

  • २०७६ श्रावण २६, आइतबार

    बडिमालिकाको धार्मिक यात्रा शुरु

    सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा शनिबारबाट औपचारिक शुभारम्भ भएको हो । सरकारी टोलीे आज बिहानदेखि जिल्लाबाट बडिमालिकाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभएको छ । बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ । समुद्री...

  • २०७६ श्रावण २६, आइतबार

    एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

    एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो । केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा...

  • २०७६ श्रावण २६, आइतबार

    सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

    रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको...

  • २०७६ श्रावण २६, आइतबार

    अवैध मेडिकलको मनोमानी उपचारले स्वास्थ्यमा समस्या

    जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्यसम्बन्धी सामान्य तालीम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा अवैध तरिकाले खुलेका मेडिकलले...

  • २०७६ श्रावण २६, आइतबार

    बकरिद पर्व

    इस्लाम धर्मावलम्बीको महान चाड बकरिद ईदुजोहा सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी बलि दिने गर्दछन् । बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग...

  • २०७६ श्रावण २६, आइतबार

    ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको माग

    प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले सर्लाहीबाट काठमाडौँ आइरहेको यात्रुवाहक बस गत शुक्रबार त्रिशूली नदीमा खस्दा ज्यान गुमाउन पुगेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था मिलाउन माग गरेका छन् । सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले सडकको सुरक्षा गर्न नसकेकाले सडक दुर्घटना बढ्दै गएको बताउनुभयो । बैठकमा सांसदहरु अमृताकुमारी अग्रहरी, कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी...

  • २०७६ श्रावण २६, आइतबार

    इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

    प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले...

  • २०७६ श्रावण २६, आइतबार

    विभिन्न कर र कानूनी झण्झटले देशभरका कपास उद्योग सङ्कटमा

    उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरीरुपमा सञ्चालन हुँदा दर्ता भएर सञ्चालनमा रहेका...

Pages