STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुक्तकमलरीको भवन निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

मुक्तकमलरीले झण्डै रु एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्तकमलरी विकास मञ्चको रु आठ लाख ८८ हजार लागत र मुक्तकमलरी विकास मञ्चको आन्तरिक कोषबाट रु आठ लाख ३८ हजार गरी कूल रु ९७ लाख २७ हजार ७१ मा साढे तीन तले भवन निर्माण गरिएको मुक्तकमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित निर्माण गरिएको साढे तीन तले घर एक कार्यक्रम गरी आइतबार औपचारिकरुपमा उद्घाटन गरिएको छ । भवनको उद्घाटन पूर्वकमलरी एवं नेकपा सङ्घीय संसदीय दलकी सचेतक शान्ता चौधरीले गर्नुभएको हो । भवनको उद्घाटन गर्दै सचेतक चौधरीले भवनलाई मुक्तकमलरीको आत्मनिर्भतासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले भवनमात्र ठूलो भएर मुक्तकमलरीको जीवन परिवर्तन नहुने भन्दै मुक्तकमलरीले आफ्नो जीवन परिवर्तन गर्नका निमित्त पहिला शिक्षा आर्जनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मुक्तकमलरीले नवनिर्मित भवनलाई सही सदुपयोग गरेर मुक्तकमलरीको भविष्यसँग जोडेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले कमलरीलाई चाहेअनुसारको सीप दिन तयार रहेको जानकारी पनि दिनुभयो । यसैगरी युथ फाउण्डेशन नेपालका कार्यकारी निर्देशक राजु धमलाले आफूहरुले मुक्तकमलरीलाई उद्धार, पुनःस्थापना र उनीहरुको जीविकोपार्जनसँगै विभिन्न प्राविधिक शिक्षामा सहयोग गर्दै आएको जानकारी गराउनुभयो । कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलको भन्दै सङ्घीय सांसदद्वय शान्ता चौधरी, मेटमणि चौधरी, घोराही उपमहागरपालिका, घोराही– १७ का वडा कार्यालय, पत्रकार सन्तोष दहितलाई कदरपत्र दिइएको थियो ।
Categorized in राष्ट्रिय