STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरमै धारा जडान भएपछि गृहिणी खुशी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ८, आइतबार

तनहुँको व्यास नगरपालिका–४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधँै खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उहाँले समय खर्च गर्नुपथ्र्यो । अब भने उहाँलाई खानेपानीको जोहो गर्ने चिन्ता हटेको छ । घरमै धारा जडानपछि खानेपानी खोज्दै अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि उहाँमा छुट्टै खुशी छ । “घरमा धारा नहुँदा सोही वडाको बागभञ्ज्याङ नजिक रहेको कुवामा पानी लिनु जानुपर्ने बाध्यता थियो”, विकले भन्नुभयो, “वडामा जनप्रतिनिधि आएपछि घरमै धारा जडान भएको छ ।” स्थानीयवासी सम्झना थापाले खानेपानीको जोहोका लागि बिहानै डोको बोकेर कुवामा जानुपर्ने बाध्यताबाट मुक्ति मिल्दा खुशी लागेको बताउनुभयो । “खानेपानीको जोहो गर्नुपर्दा बिहानको समय खेर गइरहेको थियो”, उहाँले भन्नुभयो, “घरमै धारा जडानपछि अब बिहानीको समयमा घरको काम गर्न पनि सहज हुने भयो ।” उक्त ठाउँमा खानेपानीको समस्या रहेपछि वडा कार्यालयले प्राथमिकता दिएर बजेट विनियोजन गरेको वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिनुभयो । यस ठाउँका १२ घरधुरीमा खानेपानी धारा जडानका लागि वडा कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ मा रु तीन लाख बजेट विनियोजन गरेको थियो । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रु आठ लाख सहयोग गरेको योजनामा स्थानीयवासीले रु ६० हजार बराबरको श्रमदान गरेका थिए । उक्त ठाउँका १२ घरधुरीमा घर–घरमै धारा जडान गरिएको छ । निःशुल्क इन्टरनेट विस्तार तनहँुको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो । यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको हो । साइवर सुरक्षाका कारण इन्टरनेट प्रयोगका लागि मोबाइल नम्बर पठाएर अनुरोध गरेपछि एसएमएसमार्फत पासवर्ड प्राप्त हुने र पासवर्ड प्रयोग गरेर इन्टरनेटको सुविधा लिन सकिने कम्पनीका शाखा प्रबन्धक मनोज मल्लले जानकारी दिनुभयो । मादीसेती एफएमको टावरमा डिभाइस राखेर तीन वटा टोलमा निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको छ । एकैपटक १०० ले प्रतिव्यक्ति दुई एमबीपिएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाइको व्यवस्था गरिएको छ । वडामा डिजिटल बडापत्र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा डिजिटल बडापत्र स्थापना गरिएको छ । वडाबाट प्रदान गरिने सेवासुविधालाई प्रभावकारी बनाउन बडापत्र राखिएको हो । वडाबाट प्रदान हुने सेवा, सिफारिश, शुल्कलगायतका विषय बडापत्रमा समेटिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । पुरानो नागरिक बडापत्र सर्वसाधारणका लागि पढ्न गाह्रो भएकाले डिजिटल बडापत्र स्थापना गरिएको उहाँले बताउनुभयो । सेवाप्रवाहलाई छिटोछरितो बनाउन र सेवाग्राहीले सहजै बुझ्ने वातावरण सिर्जनाका लागि डिजिटल बडापत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले बताउनुभयो । वडा कार्यालयले पहिलोपटक वडाको प्रोफाइलसमेत निर्माण गरेको छ । वडाका योजना व्यवस्थित बनाउन सहयोग पु¥याउने उद्देश्यले प्रोफाइल निर्माण गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । प्रोफाइलमा वडाको जनसङ्ख्या, रोजगार, बेरोजगार, उद्योगी, व्यवसायी, किसान, उत्पादन आदिको अभिलेखीकरण गरिएको छ । योजना बनाउने क्रममा वडा प्रोफाइललाई आधार मानेर अगाडि बढ्न सहयोग पुग्ने रेग्मीले बताउनुभयो ।
Categorized in राष्ट्रिय