सेनाको एयर बेस स्थापना
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार
“आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेन्ड लाइन मेन्टिनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बेसले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो र प्रभावकारी ढङ्गबाट उद्धार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।”
उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा सम्भाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्चपदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय


