राष्ट्रिय
-
२०७६ भाद्र २२, आइतबार
कैदीबन्दीका लागि आँखा शिविर
नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...
-
२०७६ भाद्र २२, आइतबार
कैदीबन्दीका लागि आँखा शिविर
नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...
-
२०७६ भाद्र २२, आइतबार
चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो
कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ । नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उहाँले...
-
२०७६ भाद्र २२, आइतबार
महाशिलाको आफ्नै लगानीमा सडक कालोपत्र
कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ । प्राय स्थानीय तहहरु सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा सङ्घीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ । तर, पर्वतको...
-
२०७६ भाद्र २२, आइतबार
‘दउवासंघ’मा श्रेष्ठ विजयी
यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ । आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।...
-
२०७६ भाद्र २२, आइतबार
काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल
अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुभएको छ । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतक थापाकी बहिनी सावित्री...
-
२०७६ भाद्र २२, आइतबार
डेढ वर्षदेखि कामचलाउ समितिको भरमा खानेपानी संस्था
डेढ वर्षदेखि दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । यसअघि भएको आठौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नेतृत्व टुङ्ग्याउन नसक्दा तत्कालीन कार्यसमितिलाई कामचलाउका रूपमा राख्ने राजनीतिक सहमति भयो । तर त्यो समितिलाई प्रशासनिक र आर्थिक कुनै अधिकार पनि दिइएको थिएन । विसं २०७४ पुस १९ गते भएको उक्त साधारणसभामा तत्कालीन अध्यक्ष प्रदीप गौतम, तत्कालीन सचिव...
-
२०७६ भाद्र २२, आइतबार
डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु
देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो । डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र,...
-
२०७६ भाद्र २१, शनिबार
‘नेकपा अध्यक्षको एकल जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्छ ।” रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को...
-
२०७६ भाद्र २१, शनिबार
समाजवादको नयाँ झण्डा फहराएरै छाडिन्छ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही...
-
२०७६ भाद्र २१, शनिबार
इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ः१७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान लिङ्गो ठड्याउने साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर...
-
२०७६ भाद्र २१, शनिबार
मेलम्ची क्षेत्रमा निषेधाज्ञा जारी
मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पु¥याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६...


