relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र २५, बुधबार

    राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण ः अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गर्नुभयो । आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको...

  • २०७६ भाद्र २४, मंगलबार

    रेडियो र सङ्ग्रहालय एकै भवनमा

    समुदायको सहयोगमा रेडियो मेलम्चीको तीनतले भवन निर्माण भइरहेको छ । स्थानीय सङ्ग्रहालय, सभाकक्ष, पुस्तकालय, सूचना केन्द्रसमेत रहने सो भवन निर्माण अन्तिम चरणमा रहेको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । सात वर्षअघि स्थापना भएको सामुदायिक रेडियो मेलम्ची यस भेगकै प्रभावकारी सञ्चार माध्यम हो । भाडामा बसेको घर २०७२ को भूकम्पमा भत्किएपछि तत्कालै बारीको पाटाबाट सञ्चालन गरी...

  • २०७६ भाद्र २४, मंगलबार

    चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन

    नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गर्नुभएको छ । भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गर्नुभएका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिनुभएको थियो । चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गर्नुभएका उहाँले आफ्नो...

  • २०७६ भाद्र २४, मंगलबार

    मह प्रशोधन केन्द्र स्थापना

    महको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ मा बढी मह उत्पादन हुने भएपछि यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ५० लाख सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण गरिएको हो । जिल्लालाई माहुरी जोनका रुपमा स्थापना गरी काम शुरु भएसँगै नलगाडमा प्रशोधन...

  • २०७६ भाद्र २४, मंगलबार

    नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपाह्न समुद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत...

  • २०७६ भाद्र २४, मंगलबार

    अलैँचीमा रोगको सङ्क्रमण

    राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि पुनः रोगले आक्रमण गर्न थालेपछि अब अलैँचीको विकल्पमा के खेती गर्ने भन्ने अन्यौलमा किसान...

  • २०७६ भाद्र २४, मंगलबार

    ‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ’

    वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ । पाँच मिनेटमै टाउको दुखेको अनुभव हुन्छ । हरियो डाँडाबीचको यो गाउँमा बस्नु स्वास्थ्य र वातावरणका लागि चुनौतीपूर्ण छ । देशको राजधानी काठमाडौँले आफू स्वच्छ बन्न यहाँ...

  • २०७६ भाद्र २४, मंगलबार

    अरनिको राजमार्ग निर्माण गरिँदै

    सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४ किलो आसपासको सडक भत्किएपछि एकतर्फी रुपमा सवारी सञ्चालन हुँदै आएको छ...

  • २०७६ भाद्र २४, मंगलबार

    कालाजारबाट महिलाको मृत्यु

    कालाजारबाट यहाँ एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालका अनुसार भैरहवास्थित मेडिकल कलेजमा रानालाई उपचारको क्रममा कालाजार भएको पत्ता लागेको थियो । उनलाई थप उपचारका लागि बुटवल ल्याइएको थियो । प्रदेश ५ मा १२६ जनामा डेङ्गु प्रदेश नं ५ मा १२६...

  • २०७६ भाद्र २४, मंगलबार

    पदमागर्दले जोडिँदै पञ्चकोट–ढोरपाटन

    बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो । पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र...

  • २०७६ भाद्र २४, मंगलबार

    अत्याधुनिक बसपार्क तयार

    नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र हामीले...

  • २०७६ भाद्र २४, मंगलबार

    न्याय सम्पादनमा समस्या

    स्थानीय तहहरूमा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिमा परेका मुद्दाको न्याय सम्पादनमा समस्या भएको छ । कानूनले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार दिएको भए पनि ऐन कानूनको ज्ञान नहुँदा तथा भौतिक संरचना अभावमा कार्यसम्पादन असहज भएको उपप्रमुखहरुको भनाइ छ । ऐन, नियम, कानून, निर्देशिका र न्याय सम्पादनबारे तालीम आवश्यक भएको स्थानीय तहका उपप्रमुख बताउँछन् । कैलालीको गौरीगङ्गा...

Pages