STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र २६, बिहिबार

    दुई पत्रकार सम्मानित

    नेपाल खेलकूद पत्रकार एनएसजेएफ मञ्चले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा बुधबार दुई खेल पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल टेलिभिजनमा कार्यरत खेल पत्रकार राजु सिलवाल र खेलापाटी डटकमका निशान राई हुनुहुन्छ । सिलवाल एनएसजेएफ खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हँुदा खेलपाटीका राई सुमन भोम्जन स्मृति युवा खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभयो । खेल पत्रकारिता क्षेत्रमा...

  • २०७६ भाद्र २६, बिहिबार

    परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन

    परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन । वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा पनि अझै सो खानीको उत्खनन हुन नसकेको सहयोग समितिका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले बताउनुभयो । “...

  • २०७६ भाद्र २६, बिहिबार

    दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने

    खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुको सल्लेरीमा सार्वजनिक गरिएको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ९इआइए० मा सो आयोजनाबाट सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गाका गरी एक हजार १५० घरधुरीमा क्षति पुग्ने उल्लेख गरिएको छ । खोटाङको उत्तरी क्षेत्रमा...

  • २०७६ भाद्र २६, बिहिबार

    रुग्ण अवस्थाका महोत्तरी कारागारमा चार गुणा बढी कैदीबन्दीः बिरामी हुने क्रम बढ्दो

    महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५०० पुगेको हो । कारागारको १६३ वर्षको इतिहासमा कैदीबन्दीको यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको कारागार प्रशासनले जनाएको छ । जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुष कक्षमा ४५१ र महिला कक्षमा चार आश्रित बालबालिकासहित ४९ कैदीबन्दी...

  • २०७६ भाद्र २६, बिहिबार

    पक्राउ परेका चन्दसहित सबै विद्यार्थी छुटे

    चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो । शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको...

  • २०७६ भाद्र २६, बिहिबार

    उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

    उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका...

  • २०७६ भाद्र २६, बिहिबार

    सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना

    वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो । विभागले बुधबार...

  • २०७६ भाद्र २६, बिहिबार

    गोरखा दरबारको पुनः निर्माणले गति लिँदै

    गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो । विसं १९९० को भूकम्पले समेत खासै क्षति नपुगेको यो दरबारमा गोरखाको बारपाक केन्द्र भई २०७२ वैशाख १२...

  • २०७६ भाद्र २६, बिहिबार

    धनगढी–खुटिया सडक अलपत्र

    कैलालीको धनगढी–खुटिया सडक अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकारबाट सङ्घ मातहत लिइएको सडक कहिले निर्माण हुने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो । धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । केन्द्र सरकारको मातहत रहेको सडक केही समय पहिले प्रदेश मातहतमा थियो । प्रदेश सरकारले सो सडक बनाउने पहल नगरेपछि फेरि सङ्घ सरकार अन्तर्गत...

  • २०७६ भाद्र २६, बिहिबार

    कोटेश्वरका यातायात मजदूरलाई पोशाक

    कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य...

  • २०७६ भाद्र २६, बिहिबार

    डेंगु संक्रमण बढेपछि अमेरिकाले जारी गर्‍यो ‘ट्राभल नोटिस’

    २६ भदौ, काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेको छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह...

  • २०७६ भाद्र २६, बिहिबार

    आगामी तीन दिन मनसुन सक्रिय

    मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको...

Pages