राष्ट्रिय
-
२०७६ भाद्र २५, बुधबार
नारामा समानता भए पनि बजेटमा असमानता
देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीयसरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि छुट्याइने बजेटको हिस्सा भने निकै न्यून...
-
२०७६ भाद्र २५, बुधबार
नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि
वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो । त्यसैगरी, पाँच हजार ६७९ ले प्रतिलिपि लिएका छन् । त्यस्तै चार जनाले नागरिकता परित्याग गरेका छन् भने एकको नागरिकता रद्द गरिएको प्रशासन शाखाका...
-
२०७६ भाद्र २५, बुधबार
चाप बढेपछि अस्पतालबाट बिरामी फर्कदै
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् । दम बढेपछि मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउनुभएकी मुर्गीया निवासी भीमकला...
-
२०७६ भाद्र २५, बुधबार
माछा बेचेर घरको गर्जो टार्दै
पृथ्वीराजमार्गअन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उहाँ यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् । उहाँका ग्राहक भनेका राजमार्गमा...
-
२०७६ भाद्र २५, बुधबार
तातोपानीका मुहान पुरिँदै ः संरक्षणको आवश्यकता
प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड परेका हुन् । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी...
-
२०७६ भाद्र २५, बुधबार
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत...
-
२०७६ भाद्र २४, मंगलबार
सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्ने ः गच्छदार
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिनुभयो । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका...
-
२०७६ भाद्र २४, मंगलबार
गण्डकी प्रदेशमा डेङ्गु रोगी एक हजारभन्दा बढी
गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयोे । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् । सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो...
-
२०७६ भाद्र २४, मंगलबार
अध्यक्ष दाहाल – वाङ् भेटः नेपाल–चीन सम्बन्धबारे छलफल
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुभएको छ । होटल मेरियटमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी...
-
२०७६ भाद्र २४, मंगलबार
सभापति देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले राससलाई जानकारी...
-
२०७६ भाद्र २४, मंगलबार
डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड
पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको...
-
२०७६ भाद्र २४, मंगलबार
हनुमानढोकामा लिङ्गो ठड्याइयो ः इन्द्रजात्रा शुरु
यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा यँया शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ लिङ्गो तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ः१५ बजेको साइतमा ठड्याइएको...


