राष्ट्रिय
-
२०७६ भाद्र २२, आइतबार
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने ः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप...
-
२०७६ भाद्र २२, आइतबार
मखमली फूल र सिउडी फलको व्यावसायिक खेती
म्याग्दीमा पहिलोपटक मखमली फूल र डाइगन फुड सिउडी फलको व्यावसायिक खेती शुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि फार्ममा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु भएको हो । रु छ करोडको लगानीमा शुरु भएको यस कृषि फार्ममा तरकारी खेती, माछापालनका साथै मौरीपालन, फूल र सिउडी फलको व्यावसायिक खेती शुरु गरिएको हरियाली गु्रप सञ्चालक समितिका...
-
२०७६ भाद्र २२, आइतबार
‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’
यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात...
-
२०७६ भाद्र २२, आइतबार
बेरोजगारका लागि ‘रोजगारी पसल’
बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल,...
-
२०७६ भाद्र २२, आइतबार
जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गर्नुभयो । सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा गर्नसमेत...
-
२०७६ भाद्र २२, आइतबार
‘सरकार, कर छल्नेबाट कर उठाऊ’
‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मात्रा बढी भएका कारण नागरिकमा निराशा बढेकाले उनीहरूलाई राहत दिएर कानूनको बलमा कर छल्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । अर्थ मन्त्रालयसँग संस्थागत तथ्याङ्क नभएका कारण...
-
२०७६ भाद्र २२, आइतबार
भूमिसम्बन्धी ऐन, २०२१ मा सुझाव सङकलन
भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग शनिबार यहाँ छलफल गरिएको छ । विधायन व्यवस्थापन समिति, राष्ट्रियसभाद्वारा आयोजित सो कार्यक्रममा सरोकारवालाहरुले भूमिहीन र सुकुम्वासी अलग–अलग समस्या भएकाले सोहीअनुसार समाधान हुनुपर्ने बताएका छन् । भूमिसम्बन्धी ऐन, २०२१ यो आठौँ संशोधन गर्दा यसलाई अत्यन्त व्यावहारिक, व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने सहभागीहरुले सुझाएका...
-
२०७६ भाद्र २२, आइतबार
डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन
पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले आज...
-
२०७६ भाद्र २२, आइतबार
युनाइटेड क्लबको २० लाख सामाजिक क्षेत्रमा
सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । पोखराको अमरसिंह चौरमा...
-
२०७६ भाद्र २२, आइतबार
विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै उहाँले राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन सो विधेयक...
-
२०७६ भाद्र २२, आइतबार
कैदीबन्दीका लागि आँखा शिविर
नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...
-
२०७६ भाद्र २२, आइतबार
कैदीबन्दीका लागि आँखा शिविर
नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...


