relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन १०, शुक्रबार

    विकासमा साझेदारी हुन्छः मन्त्री लम्साल

    गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेश आन्तरिक भम्रण वर्ष २०१९ को सिलसिलामा स्याङ्जाको भिरकोट नगरपालिका–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी छाँया क्षेत्र मन्दिरको बिहीबार दर्शन एवम अवलोकनका आगि आउनुभएका मन्त्री लम्सालले गण्डकी प्रदेश धार्मिक एवम...

  • २०७६ आश्विन १०, शुक्रबार

    विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

    विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास होमस्टे सम्मानित भएका हुन् । सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । उक्त कम्पनीले तीन लाख ९९ हजार ३३६ पर्यटक...

  • २०७६ आश्विन १०, शुक्रबार

    नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

    नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो । देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको...

  • २०७६ आश्विन १०, शुक्रबार

    सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा

    नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क...

  • २०७६ आश्विन १०, शुक्रबार

    चार भवन निर्माण

    अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवनको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिहीबार उद्घाटन गर्नुभयो । घारका...

  • २०७६ आश्विन १०, शुक्रबार

    डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

    जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उहाँका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२...

  • २०७६ आश्विन १०, शुक्रबार

    विश्व पर्यटन दिवसमा प्रभातफेरी

    आज ४०आँै विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो । दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना ग¥यो । ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको ¥याली नारायणहिटी दरबारको पूर्वतर्फ...

  • २०७६ आश्विन १०, शुक्रबार

    पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

    दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने...

  • २०७६ आश्विन १०, शुक्रबार

    म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग

    जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा...

  • २०७६ आश्विन १०, शुक्रबार

    दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने

    पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो । यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताउनुभयो । “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट...

  • २०७६ आश्विन १०, शुक्रबार

    जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला रु

    जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् । “काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार...

  • २०७६ आश्विन १०, शुक्रबार

    तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन

    चौरीदेउराली गाउँपालिका–४ खारेखोलाका शारदा पौडेल बिहान ६ः०० बजे हिँडेर पनि तोरी पेल्ने पालो नपाएपछि राति बास बसेर तोरी पेल्नुभयो । सोही गाउँपालिका–४ छेडामा स्थानीय बासिन्दा कान्छाराम लामाले सञ्चालन गरेको मिलमा तोरी पेल्न उहाँलगायतका सोही टोलका छिमेकीहरु पनि सँगै थिए । गाउँमा मिल नै नहुने र भए पनि राम्रोसँग पेलेर नदिने गरेका कारण पनि गाउँका मानिस सबैजसो त्यही आउने गरेका छन् । “गाउँमा अरु नजिक मिल...

Pages