राष्ट्रिय
-
२०७६ आश्विन १२, आइतबार
ताम्राकारको ‘अनाम परिधि’ विमोचित
कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गर्नुभएको थियो । सङ्ग्रहमा २१ वटा कथा समावेश छन्...
-
२०७६ आश्विन १२, आइतबार
बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला
जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला...
-
२०७६ आश्विन १२, आइतबार
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा...
-
२०७६ आश्विन १२, आइतबार
तीन स्थानीय तहमा बाल विकास कार्यक्रम
कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले...
-
२०७६ आश्विन १२, आइतबार
गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो
गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सबेरै ९बिहान नाडीको रौँ देखिने बेला० भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरमा दुई पाथी...
-
२०७६ आश्विन १२, आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित
बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७०...
-
२०७६ आश्विन १२, आइतबार
लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन ः काङ्ग्रेस नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा...
-
२०७६ आश्विन १२, आइतबार
पेप्सी कम्पनीमा श्रमिक आन्दोलित
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि पेप्सी कम्पनी का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका...
-
२०७६ आश्विन १२, आइतबार
धार्मिक विधिअनुसार घटस्थापना
नेपालीको महान्पर्व बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बिहान १०ः३५ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिएको थियो । सोही साइतमा हनुमान ढोका...
-
२०७६ आश्विन ११, शनिबार
दशैँका च्याङ्ग्रा पोखरा भित्रदै
नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा...
-
२०७६ आश्विन ११, शनिबार
अनुगमनको क्रम निरन्तर
काठमाडौँ महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ । चाडपर्वमा मात्रै गर्ने अजार अनुगमनले प्रभावकारी नभएको भन्दै अब एक वर्षको तालिका बनाएर नियमितरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । कामपाले केही दिनदेखि नियमित रुपमा अनुगमन गरिरहेको कामपाको उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठले० जनाकारी दिनुभयो । अनुगमनको क्रममा त्रुटि भेटिए उपभोक्ता हित संरक्षण ऐनबमोजम तत्काल जरिवाना गर्ने...
-
२०७६ आश्विन ११, शनिबार
न एम्बुलेन्स ः न एक्सरे
जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने...


