STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन १३, सोमबार

    अपाङ्गता परिचयपत्र वितरण

    रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो । जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ । अघिल्लो आव २०७५÷०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र...

  • २०७६ आश्विन १३, सोमबार

    अत्याधुनिक पशु बधशाला निर्माण हुने

    विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले य बधशाला निर्माण गर्न लागिएको बताइएको छ । विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन सकेको थिएन् । बधशाला निर्माण गर्न रु २१ करोड लागत लाग्ने र यसका लागि...

  • २०७६ आश्विन १३, सोमबार

    अविरल वर्षाले जनजीवन प्रभावित

    विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको...

  • २०७६ आश्विन १३, सोमबार

    प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

    म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग...

  • २०७६ आश्विन १३, सोमबार

    अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

    चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दशैँ...

  • २०७६ आश्विन १३, सोमबार

    ज्ञानेन्द्र शाहीले कार्यक्रमको जानकारी नदिएकोः चितवन प्रहरी

    आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको दुई बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो। शनिबार शाहीलाई चितवनमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पीडित पक्षबाट जाहेरी नआई प्रक्रिया अघि नबढ्ने बताए। ‘जाहेरी नआई कसैलाई समात्न...

  • २०७६ आश्विन १३, सोमबार

    दैनिक दुई हजार नेपाली घर फर्किंदै

    दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न...

  • २०७६ आश्विन १३, सोमबार

    हिमानीकलीको बच्चा जन्मियो

    हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ । तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए । चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी र सिमसारकली गर्भिणी रहेका छन्...

  • २०७६ आश्विन १३, सोमबार

    झरीले खुम्च्यायो रहर

    “न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै ग¥यो”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै थप्नुहुन्छ, “दशैँ पनि पूरै हिलाम्ये हुने भयो ।” वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दशैँ सँगैको झरीले राम्रो गरेको छैन । उहाँले भनेजस्तै तीन दिनअघि देखि निरन्तर परेको पानी न ठूलै पर्न सकेको छ, न त उग्रेर घाम नै लागेको छ । तर,...

  • २०७६ आश्विन १३, सोमबार

    बीउ प्रशोधन गृह सञ्चालन

    रुकुमेली एग्रो सीड सेन्टरले तुलसीपुर–६ राजापुरमा बीउ प्रशोधन गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रशोधन गृहको उद्घाटन किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले आइतबार गर्नुभयो । गुणस्तरीय बीउ उत्पादन प्रशोधन गरी किसानलाई जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले बीउ प्रशोधन गृह सञ्चालन गरेको रुकुमेली एग्रो सीडका अध्यक्ष निर्मलकुमार...

  • २०७६ आश्विन १३, सोमबार

    चाडपर्व लक्षित सुरक्षा योजना

    चाडपर्वलाई लक्ष्य गरी सिरहामा आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विजयादशमी, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालयले सुरक्षाको विशेष कार्ययोजना लागू गरेको हो । सीमादेखि गाउँ, टोल तथा शहरी क्षेत्रमा सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । चाडपर्व अवधिभर लुटपाट, चोरी, तस्करी, सवारी दुर्घटना, पटका तस्करी, कालाबजारी, हिंसात्मक घटना...

  • २०७६ आश्विन १३, सोमबार

    छाला र यौन रोगको उपचार बुटवलमै

    प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताकोे सेवाका लागि सेन्टर स्थापना गरिएको भन्ने भावना आत्मसात गर्न अग्रह गर्नुभयो । उहाँले आधुनिक चिकित्सा विज्ञानका कारण जटिल रोगको समेत साधारण तरिकाले उपचार सम्भव भएको बताउँदै यसलाई दुर्गम क्षेत्रमा...

Pages