relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन १२, आइतबार

    ताम्राकारको ‘अनाम परिधि’ विमोचित

    कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गर्नुभएको थियो । सङ्ग्रहमा २१ वटा कथा समावेश छन्...

  • २०७६ आश्विन १२, आइतबार

    पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

    बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा...

  • २०७६ आश्विन १२, आइतबार

    बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

    जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला...

  • २०७६ आश्विन १२, आइतबार

    गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

    गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सबेरै ९बिहान नाडीको रौँ देखिने बेला० भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरमा दुई पाथी...

  • २०७६ आश्विन १२, आइतबार

    तीन स्थानीय तहमा बाल विकास कार्यक्रम

    कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले...

  • २०७६ आश्विन १२, आइतबार

    लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन ः काङ्ग्रेस नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा...

  • २०७६ आश्विन १२, आइतबार

    निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित

    बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७०...

  • २०७६ आश्विन १२, आइतबार

    धार्मिक विधिअनुसार घटस्थापना

    नेपालीको महान्पर्व बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बिहान १०ः३५ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिएको थियो । सोही साइतमा हनुमान ढोका...

  • २०७६ आश्विन १२, आइतबार

    पेप्सी कम्पनीमा श्रमिक आन्दोलित

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि पेप्सी कम्पनी का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका...

  • २०७६ आश्विन १२, आइतबार

    नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् ः ट्राफिक प्रहरी

    केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०÷२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाउनुभयो । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै...

  • २०७६ आश्विन १२, आइतबार

    उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयी

    उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी हुनु भएको छ । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको...

  • २०७६ आश्विन १२, आइतबार

    दशैँअगावै तार व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

    शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो । प्राधिकरणका...

Pages