राष्ट्रिय
-
२०७६ आश्विन १२, आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित
बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७०...
-
२०७६ आश्विन १२, आइतबार
लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन ः काङ्ग्रेस नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा...
-
२०७६ आश्विन ११, शनिबार
दशैँका च्याङ्ग्रा पोखरा भित्रदै
नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा...
-
२०७६ आश्विन ११, शनिबार
अनुगमनको क्रम निरन्तर
काठमाडौँ महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ । चाडपर्वमा मात्रै गर्ने अजार अनुगमनले प्रभावकारी नभएको भन्दै अब एक वर्षको तालिका बनाएर नियमितरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । कामपाले केही दिनदेखि नियमित रुपमा अनुगमन गरिरहेको कामपाको उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठले० जनाकारी दिनुभयो । अनुगमनको क्रममा त्रुटि भेटिए उपभोक्ता हित संरक्षण ऐनबमोजम तत्काल जरिवाना गर्ने...
-
२०७६ आश्विन ११, शनिबार
न एम्बुलेन्स ः न एक्सरे
जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने...
-
२०७६ आश्विन ११, शनिबार
लालीखर्कमा ‘होमस्टे’
अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको सांसद सीता थेवेले उद्घाटन गर्नुभयो । उहाँले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताउनुभयो । पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक...
-
२०७६ आश्विन ११, शनिबार
‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभएको छ । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उहाँले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र...
-
२०७६ आश्विन ११, शनिबार
प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । ‘ए एण्ड ए’ काठमाडाँै मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गर्नुभयो । “प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून...
-
२०७६ आश्विन ११, शनिबार
भेटिपेटिकाको शुरुवात
गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगार्थ पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुवात गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूुल, चामल, घ्यू जस्ता कार्यको अन्त्य गरी वडा नं– ७ को कार्यालयले भेटिपेटिकाको शुरु गरेकोे हो । मृत्यु ंसंस्कारमा लगिने फलफूल, चामल, घ्यूकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको...
-
२०७६ आश्विन ११, शनिबार
नेपालीको महान् पर्व बडादशैँ आइतबारदेखि शुरु
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले...
-
२०७६ आश्विन १०, शुक्रबार
दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान
डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिनुभयो । होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण हुनुका साथै गाडी चालक तथा...
-
२०७६ आश्विन १०, शुक्रबार
सीमा नाकामा भारतीय पर्यटकको स्वागत
विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र भारत बीचको भाइचाराको सम्बन्ध रहेकाले आफूबाट हुनसक्ने सक्दो...


