relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन १५, बुधबार

    साहित्य र पर्यटन सँगसँगै लगिने

    त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई, केशवराज जोशी, गङ्गा आचार्य, प्रेम परीक्षित, जीत...

  • २०७६ आश्विन १५, बुधबार

    अझै भट्टीमा सुकाइन्छ अलैँची

    भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरीय अलैँचीको माग बढे पनि नेपालबाट भने अझै गुणस्तरहीन अलैँची नै निकासी हुने गरेको छ । विशेषगरी अलैँची सुकाउन परम्परागत पद्धति नै अपनाउनाले पनि नेपालबाट कम गुणस्तरीय अलैँची नै विश्व बजारमा जाने गरेको छ । अलैँची सुकाउनका लागि सुधारिएका भट्टी आए पनि किसानले त्यसको प्रयोग नगर्नाले धुँवा र धुलोसहितको अलैँची निकासी गर्नुपर्ने बाध्यता छ । बढी लागत पर्नाले कतिपय किसानले...

  • २०७६ आश्विन १५, बुधबार

    प्रधानमन्त्रीको ‘सडक मानवमुक्त देश’ को सङ्कल्पले अभियानकर्मी उत्साहित

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन आह्वान गर्दै आउनुभएको छ ।...

  • २०७६ आश्विन १५, बुधबार

    बाघको आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख

    बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे । थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा...

  • २०७६ आश्विन १५, बुधबार

    देवघाटमा वृद्धग्राम बनाइने

    देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ । असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पु¥याइदै छ । कर्मचारी र प्रशासनिकबाहेकका अधिकांश खर्च दाताबाटै पुग्ने...

  • २०७६ आश्विन १५, बुधबार

    पूर्वाधारका ९१ योजना शुरु

    दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै...

  • २०७६ आश्विन १५, बुधबार

    फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्दछ ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्माले नेपाल टेलिकमले विस्तार गरेको फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँबाट भिडियो कल गरी सो सेवाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग भएको कुराकानीका क्रममा सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो “फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ ।” नेपाल टेलिकमको मध्यमाञ्चल...

  • २०७६ आश्विन १५, बुधबार

    वैकल्पिक पेशातर्फ माझी, मुसहर र बोटे समुदाय

    नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका माझी, मसुहर र बोटे समुदाय वैकल्पिक पेशातर्फ लाग्न थालेका छन् । माछा मारेर जीवनयापन गर्दै आएका उनीहरु अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कावासोती नगरपालिका–१५ शेरगञ्जमा रहेको यो समुदाय अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेको छ । नदी तथा खोलामा माछा मारेर आफ्नो जीवनयापन गर्दै आएका उनीहरु आफ्नो परम्परागत पेशालाई परिर्वन गरी तरकारी...

  • २०७६ आश्विन १५, बुधबार

    पत्रकारलाई दशैँ पेश्की दिन माग

    नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको सो...

  • २०७६ आश्विन १५, बुधबार

    म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

    जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो । त्यस्तै यहाँका सामुदायिक...

  • २०७६ आश्विन १५, बुधबार

    आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग

    जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ । समितिले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण आवश्यक पर्ने भएकाले गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग विभिन्न उपकरण माग गरेको हो । जिल्लामा घट्न सक्ने विपत्का समयमा उद्धारका लागि विभिन्न सामग्री आवश्यक पर्ने भए पनि आपतकालीन...

  • २०७६ आश्विन १५, बुधबार

    जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

    जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज आकाशे पुल निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार,...

Pages