राष्ट्रिय
-
२०७६ आश्विन १६, बिहिबार
थन्किए उपकरण, समस्यामा बिरामी
भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् । बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि...
-
२०७६ आश्विन १६, बिहिबार
मित्रताको मूल्य नै सर्वाधिक हुन्छ– प्रम ओलीः चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरण विषयमा छलफल हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध...
-
२०७६ आश्विन १६, बिहिबार
जङ्गली जनावरले धानबाली नष्ट
जिल्लाका किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधँै जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो । जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक वनको सङ्ख्यामा वृद्धि हुँदै गएपछि जङ्गली जनावरको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । आहराको खोजीमा ती...
-
२०७६ आश्विन १६, बिहिबार
मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार
सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको छ । सोही लक्ष्य पूरा गर्न देशभित्रै आन्तरिक...
-
२०७६ आश्विन १६, बिहिबार
पूर्वखोलाको सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पाल्पाको पूर्वखोला गाउँपालिका पहिलो बनेको छ । बुधबार गाउँपालिकाको वडा नं १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेसँगै गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत वडा घोषणा भएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन अभियानका रुपमा काम गर्दै आएको गाउँपालिकाले छ वटै वडामा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको हो । प्रदेश नं ५ का...
-
२०७६ आश्विन १६, बिहिबार
खरीद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच÷पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरीद बिल लुकाएका थिए । त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले म्याद सकिएको...
-
२०७६ आश्विन १६, बिहिबार
मापदण्डविपरीत खोटो सङ्कलनले मासिँदै सल्लेरी
जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ । जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९ सामुदायिक वनमा मापदण्डविपरीत जथाभावी खोटो खोटो सङ्कलन गर्दै आएपछि सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको हो । नियमानुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन...
-
२०७६ आश्विन १६, बिहिबार
बाढीपीडितलाई राहत वितरण
असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् । समाज कल्याण परिषद्को तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढीपीडित पार्वती परियारलाई रु ६० हजार...
-
२०७६ आश्विन १६, बिहिबार
‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत
जिल्ला सदरमुकाम धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्ने तरखरमा छ । ‘स्मार्ट मालपोत’का लागि कार्यालयले अवधारणात्मक सूचक पूरा गर्दैछ । स्मार्ट मालपोतको अवधारणा लागू गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयले विसं २०७३ पुस ६ गतेदेखि साविक नौ गाविसबाट शुरु गरेको अनलाइन सेवा हाल सबै पालिकाबाट प्रदान गरेको छ । अनलाइन सेवालाई थप प्रभावकारी र सेवा प्रवाह छिटोछरितो गर्न २०७६ भदौ ३० गतेदेखि भू–सेवा केन्द्र...
-
२०७६ आश्विन १६, बिहिबार
बिदाको दिनमा पनि बजार अनुगमन
सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको...
-
२०७६ आश्विन १६, बिहिबार
गोबर ग्यास प्रयोगमा जोड
विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान...
-
२०७६ आश्विन १६, बिहिबार
सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण
जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६÷७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर...


