STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खर्च रकम लुकाएको आरोप

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ८, बुधबार

तातोपानी गाउँपालिका जुम्लाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनामा भएको खर्च रकम स्थानीय सरकारले लुकाएको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ को गतिविधिबारे मङ्गलबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई उपभोक्ता समितिमा नेतृत्व दिएको आरोप लगाउँदै जनताले योजना फरफारक गर्दा तलमाथि भएकाले सच्याउन आग्रह गरे । नेकपाका नेता तथा तातोपानी गाउँपालिका सदस्य आदिप्रसाद न्यौपानेले राजनीतिक दललाई कुल्चेर कार्यक्रम गरेको भनी आक्रोश व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ मा टेकेर कार्यक्रम गरिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँगाउँमा गएर समावेशी ढङ्गले उपभोक्ता समिति गठन गरिएको, हुड्के नाच, दमाहा बाजा, बाह्रौँ शताब्दी पैगोलो मन्दिर आदि संरक्षण गर्न गाउँपालिका अघि बढिरहेको तथा गाउँपालिकालाई दूरसञ्चारमा पहुँच बढाएको जिकिर गर्नुभयो ।
Categorized in राष्ट्रिय