राष्ट्रिय
-
२०७६ आश्विन २६, आइतबार
तीन दानवीर र कर्मवीरलाई सम्मान
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन दानवीर र कर्मवीरलाई सम्मान गरिएको छ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले यहाँ आयोजित विशेष कार्यक्रममा समाजसेवीहरू श्रीजङ्ग शाह, डा। सन्दुक रुइत तथा नीरा देवी तेलिनलाई सम्मान गर्नुभयो । नेपालगन्जको...
-
२०७६ आश्विन २६, आइतबार
ताल बाराही मन्दिरमा कोजाग्रत मेला
पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा कोजाग्रत पूर्णिमा का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ । तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने...
-
२०७६ आश्विन २६, आइतबार
मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी
जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन् । कारागारमा रहेका १४४ कैदीबन्दीमध्ये १०० कैदीबन्दीले मूढा बुनेको रकम घरमा पठाएको कारागारले जनाएको छ । चाडपर्वमा मूढाको माग बढी हुने भएकाले दशैँ शुरु भएदेखि नै कैदीबन्दी मूढा बनाउन व्यस्त रहेको...
-
२०७६ आश्विन २६, आइतबार
विपद जोखिम न्यूनीकरण दिवस
सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आजदेखि यहाँ शुरु भएको छ । दिवसको पहिलो दिन आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखाको व्यवस्थापनमा ¥यालीे आयोजना गरिएको थियो । विपद्बाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्यले आज पहिलो दिन भक्तपुरको तौमढीबाट शुरु भएको ¥याली सुकुलढोका, दत्तात्रय हँुदै कमलविनायकमा पुगेर...
-
२०७६ आश्विन २६, आइतबार
सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत
नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा का शीर्ष नेतासँग आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा...
-
२०७६ आश्विन २६, आइतबार
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह,...
-
२०७६ आश्विन २६, आइतबार
आदिनाथ मेला शुरु
काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख र शान्ति हुनाका साथै ठूलाठूला रोगव्याधिबाट मुक्त होइने विश्वासका साथ मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट भक्तजनको सहभागिता हुने गर्दछ । कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका...
-
२०७६ आश्विन २६, आइतबार
राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उहाँ रहनुभएको होटेलमा अलग्गै भेटवार्ता गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा...
-
२०७६ आश्विन २६, आइतबार
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने...
-
२०७६ आश्विन २६, आइतबार
यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई
दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो । दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उहाँको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२...
-
२०७६ आश्विन २६, आइतबार
मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै
आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवं शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयं निरीक्षण गर्ने र रातिमा जागरानमा बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने विश्वाससमेत रहेको छ । यस अवसरमा कतिपय परिवारमा कुल...
-
२०७६ आश्विन २६, आइतबार
नेपालको समृद्धिमा चीनको सहयोग बढ्नेछ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटवर्तामा अध्यक्ष दाहालले दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे भएको छलफलमा आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा भएको चीनको भ्रमण,...


