राष्ट्रिय
-
२०७६ आश्विन २८, मंगलबार
भाडा बेचेर चाडपर्वको खर्च जुटाउँदै कुमाल
दशैँपर्व कसैगरी टारेका महोत्तरी जिल्लाका कुमाल माटाका भाडा बनाउने जाति समुदाय विशेष अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । लगातार परेका मुख्य चाडवाडको खर्च जुटाउन कुमालेको व्यस्तता अहिले बढेको छ । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दशैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दशैँ सकेलगत्तै कुमाल माटाका भाडा बनाउन दिनरात नभनी जुटेका छन् । दीपावली ९तिहार० र छठ पर्वमा कलश, दियो,...
-
२०७६ आश्विन २८, मंगलबार
आन्तरिक पर्यटकले भरियो पोखरा
उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ«े मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो । समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो...
-
२०७६ आश्विन २८, मंगलबार
मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु
नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब...
-
२०७६ आश्विन २८, मंगलबार
भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यस सम्पन्नतालाई...
-
२०७६ आश्विन २८, मंगलबार
रेल सेट निर्माण हुँदै
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल सेट निर्माणसँगै रेलमार्ग निर्माणको काम पनि भइरहेको रेल विभागका प्रवक्ता वरिष्ठ डिभिजनल...
-
२०७६ आश्विन २८, मंगलबार
दाहाल राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्टे«लियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज नियुक्त गर्नुभएको हो ।
-
२०७६ आश्विन २७, सोमबार
गौरादह बजारको उद्घाटन
झापाको गौरादह बजारमा करीब रु एक करोड ५० लाख बढीको लागतमा निर्माण गरिएको कृषि हाट बजारको आइतबार उद्घाटन गरिएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैँ मेलाको अवसर पारेर एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्नुका साथै गौरी गाईको प्रतिमा समेत अनावरण गर्नुभयो । करीब १३ कट्ठा...
-
२०७६ आश्विन २७, सोमबार
फूलमा आत्मनिर्भर बन्दै यस वर्ष आयातित फूलमा कमी
विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात...
-
२०७६ आश्विन २७, सोमबार
जनशक्ति नहँुदा शव परीक्षण गृह प्रयोगविहीन
जनशक्ति नहँुदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को पूर्वाधार निर्माणअन्तर्गतको रु पाँच लाखबाट उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी नभएको गाउँपालिका स्वास्थ्य संयोजक श्री ध्वज राईले...
-
२०७६ आश्विन २७, सोमबार
केरुङ–काठमाडौँ रेलमार्ग ः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास...
-
२०७६ आश्विन २७, सोमबार
म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते...
-
२०७६ आश्विन २७, सोमबार
सुँगुरको मासु खाएका थप एक कैदी बिरामीको मृत्यु,
सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज...


