relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक १, शुक्रबार

    देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुनोस्– उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिनुभएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन यहाँ आइपुग्नुभएका उपपप्रधानमन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिनुभयो ।...

  • २०७६ कार्तिक १, शुक्रबार

    सञ्चालक समिति चयन

    दिक्तेल बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गरिएको छ । विसं २०३७ असोज १२ गते स्थापना भएको उक्त क्याम्पसको बिहीबार सम्पन्न तेस्रो क्याम्पससभाबाट देवीप्रसाद रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा दुर्गाजयन्ती राई, सदस्यमा कुमार आचार्य, बीणादेवी राई, टङ्क थापा, सुमानबाबु आचार्य, ललितकुमार राई, रामचन्द्र राई र झुलेन्द्र विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।...

  • २०७६ कार्तिक १, शुक्रबार

    अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने ः अध्यक्ष ‘प्रचण्ड’

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र...

  • २०७६ कार्तिक १, शुक्रबार

    पोखरीमा गोही फेला

    सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ÷सात किलोको गोही भट्टाएका हुन् । गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ ।...

  • २०७६ कार्तिक १, शुक्रबार

    पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

    आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उहाँलाई खर्चको अभाव भएको हो । उहाँ यही असोज ११ गतेदेखि बिरामी हुनुभएको थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ । उहाँको...

  • २०७६ कार्तिक १, शुक्रबार

    बाला नलागेपछि हरियो धान काट्दै किसान

    धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताउनुभयो । उहाँले...

  • २०७६ कार्तिक १, शुक्रबार

    अस्पताल गएर प्रसूति गराउने बढ्दै

    दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी भत्ता दिने गरिएको छ । अहिले सरकारी स्वास्थ्य संस्थाले रु एक हजार ८०० र उपमहानगरपालिकाले...

  • २०७६ कार्तिक १, शुक्रबार

    तातोपानीमा स्नान गर्नेको घुइँचो

    अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक ५०० भन्दा...

  • २०७६ कार्तिक १, शुक्रबार

    मजारमा शौचालय अभाव

    हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको मजारमा शौचालय अभाव रहेको छ । यहाँ नेपाली मात्र होइनन् भारतीय नागरिकसमेत दर्शनका लागि आउने गरेका छन् । मजारका पुजारी नजिर मोहम्मदका अनुसार सरकारले उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भौतिक पूर्वाधार अभावका कारण पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । यहाँ आउने पर्यटक जङ्गलमा शौच गर्न बाध्य छन् । नेपालगञ्जबाट आठ...

  • २०७६ कार्तिक १, शुक्रबार

    गोदावरीमा करियापुत्री भवन

    गोदावरी नगरपालिका–३ साविकको गोदावरीमा तीनवटा किरियापुत्री भवन निर्माण गरिएको छ । सागरमा गएका मलामीलाई रात–बिहान घामपानी र जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले नगरपालिका, वडा र स्थानीय गुठीको संयुक्त पहलमा सो भवन निर्माण गरिएको हो । साविकको गोदावरी क्षेत्रमा पर्ने कोटार, लेलिनथोक र पौँडोलमा एक÷एक भवन निर्माण गरिएको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । कोटारमा रु आठ लाखमा भवन निर्माण...

  • २०७६ कार्तिक १, शुक्रबार

    रुपन्देही उद्योग सङ्घमा बोहरा

    रुपन्देही उद्योग सङ्घको २१औँ अधिवेशनबाट बाबुराम बोहराको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सङ्घको बिहीबार निर्वाचन भएको थियो । आज सम्पन्न मतगणनाअनुसार बोहराको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको बरिष्ठ उपाध्यक्षमा माधवप्रसाद शर्मा, प्रथम उपाध्यक्षमा दिलीप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली, एशोसिएट सदस्यमा सुमन बस्याल र मोहनीलाल रिजाल, संस्थागत सदस्यमा...

  • २०७६ कार्तिक १, शुक्रबार

    महाभारतकालीन प्रतिमाले सिगारिँदै अर्जुनधारा

    झापाको अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरुसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको छ । बाह्र वर्ष बनवास बसेका बेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किंवदन्ती महाभारत कथामा वर्णित छ । सोही स्थानमा हाल अर्जुनधाराधाम रहेको मानिँदै...

Pages