राष्ट्रिय
-
२०७६ कार्तिक १, शुक्रबार
तातोपानीमा स्नान गर्नेको घुइँचो
अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक ५०० भन्दा...
-
२०७६ कार्तिक १, शुक्रबार
मजारमा शौचालय अभाव
हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको मजारमा शौचालय अभाव रहेको छ । यहाँ नेपाली मात्र होइनन् भारतीय नागरिकसमेत दर्शनका लागि आउने गरेका छन् । मजारका पुजारी नजिर मोहम्मदका अनुसार सरकारले उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भौतिक पूर्वाधार अभावका कारण पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । यहाँ आउने पर्यटक जङ्गलमा शौच गर्न बाध्य छन् । नेपालगञ्जबाट आठ...
-
२०७६ कार्तिक १, शुक्रबार
गोदावरीमा करियापुत्री भवन
गोदावरी नगरपालिका–३ साविकको गोदावरीमा तीनवटा किरियापुत्री भवन निर्माण गरिएको छ । सागरमा गएका मलामीलाई रात–बिहान घामपानी र जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले नगरपालिका, वडा र स्थानीय गुठीको संयुक्त पहलमा सो भवन निर्माण गरिएको हो । साविकको गोदावरी क्षेत्रमा पर्ने कोटार, लेलिनथोक र पौँडोलमा एक÷एक भवन निर्माण गरिएको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । कोटारमा रु आठ लाखमा भवन निर्माण...
-
२०७६ कार्तिक १, शुक्रबार
रुपन्देही उद्योग सङ्घमा बोहरा
रुपन्देही उद्योग सङ्घको २१औँ अधिवेशनबाट बाबुराम बोहराको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सङ्घको बिहीबार निर्वाचन भएको थियो । आज सम्पन्न मतगणनाअनुसार बोहराको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको बरिष्ठ उपाध्यक्षमा माधवप्रसाद शर्मा, प्रथम उपाध्यक्षमा दिलीप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली, एशोसिएट सदस्यमा सुमन बस्याल र मोहनीलाल रिजाल, संस्थागत सदस्यमा...
-
२०७६ कार्तिक १, शुक्रबार
महाभारतकालीन प्रतिमाले सिगारिँदै अर्जुनधारा
झापाको अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरुसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको छ । बाह्र वर्ष बनवास बसेका बेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किंवदन्ती महाभारत कथामा वर्णित छ । सोही स्थानमा हाल अर्जुनधाराधाम रहेको मानिँदै...
-
२०७६ कार्तिक १, शुक्रबार
गैरआवासीय नेपाली सङ्घको मतगणना जारी
गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत जारी मतगणना ८५ प्रतिशत सकिएको छ । अध्यक्षका प्रत्यासी कुमार पन्तको अग्रता कायमै रहेको छ । पन्तले आफ्ना प्रतिद्वन्द्वी कुलप्रसाद आचार्यलाई २५० मतान्तरले पछि पार्नु भएको छ । सङ्घका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो । निर्वाचनमा...
-
२०७६ कार्तिक १, शुक्रबार
व्यासभूमिमा हिन्दू महामिलन पर्व
वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व आजदेखि शुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा शुरु भएको महामिलन पर्व कात्तिक मसान्तसम्म चल्नेछ । महामिलन पर्वको उद्घाटन गर्दै अनन्त श्रीविभुषित शन्त महाराजजीले सनातन हिन्दू धर्ममाथि सङ्कट आइपरेको बताउँदै धर्म बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले धर्म...
-
२०७६ कार्तिक १, शुक्रबार
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ । जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशँै समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ । वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हँुदै गएको...
-
२०७६ कार्तिक १, शुक्रबार
एनआरएनए को अध्यक्षमा कुमार पन्तको विजयी
१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल...
-
२०७६ कार्तिक १, शुक्रबार
राष्ट्रपति भण्डारी जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिन जानु हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले...
-
२०७६ आश्विन ३०, बिहिबार
भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रकम प्रदान
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेपलाञ्चोकले भूकम्प गएको करीब साढे चार वर्षपछि जिल्लाका भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रु दुई लाख रकम प्रदान गरेको छ । भूमिहीन घरपरिवारका लागि साविक ठाउँमा घर नबनाई अन्य ठाउँमा जग्गा खरीद गर्न सरकारले उपलब्ध गराउने रकम रु दुई लाख पाउनेमा २२ घरधुरीमध्ये १७ घरपरिवारलाई सो रकम प्रदान गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ...
-
२०७६ आश्विन ३०, बिहिबार
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा साख बढाएको छ ः डा भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताउनुभएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र...


