relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक १५, शुक्रबार

    ‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

    सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो । अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’...

  • २०७६ कार्तिक १५, शुक्रबार

    मोबाइल अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र

    तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् । फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । त्यहाँका नागरिक घण्टाँै उकालो बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन् । मोबाइल घुमाउँदै जाँदा जहाँनेर...

  • २०७६ कार्तिक १५, शुक्रबार

    आरोहणको सातदशकपछि प्रविधियुक्त उद्धार केन्द्र

    आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ । अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ«े आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका कास्कीका...

  • २०७६ कार्तिक १५, शुक्रबार

    निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ नेता नेपाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । वातावरणको...

  • २०७६ कार्तिक १५, शुक्रबार

    अण्डाको उत्पादन वृद्धि, लागतभन्दा कममा बिक्री

    चितवनमा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएका जानकारी दिनुभयो । जिल्लामा सन् २०१५÷१६ मा एक अर्ब ३४ करोड गोटा अण्डा उत्पादन भएको थियो । यो सङ्ख्या बढेर सन् २०१६÷१७ मा एक अर्ब ४१ करोड गोटा भयो । गएको वर्ष उत्पादन बढेर एक अर्ब ८३ करोड गोटा...

  • २०७६ कार्तिक १५, शुक्रबार

    पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो

    पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५÷७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६÷७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको...

  • २०७६ कार्तिक १४, बिहिबार

    बाँसका सामग्री बनाउन सुनसरीका मरिक समुदायलाई भ्याइनभ्याइ

    सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायले छठ आउन केही दिन बाँकी छँदा उनीहरुलाई बाँसको सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको हरिनगरका वीरेन्द्र मरिकको भनाइ छ । छठ...

  • २०७६ कार्तिक १४, बिहिबार

    जनकपुरमा छठ र भ्रमण वर्षको प्रवद्र्धन

    छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठ, मन्दिर र तालतलैयामा सरसफाइको अभियान शुरु भएको छ । छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक...

  • २०७६ कार्तिक १४, बिहिबार

    काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ ९क० को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पु¥याउन...

  • २०७६ कार्तिक १४, बिहिबार

    ऐतिहासिक घतानकोत मन्दिर पुनःनिर्माण सम्पन्न

    धार्मिक, एतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको घतानकोत मन्दिरको पुनःनिर्माण भएको छ । स्थानीय समुदायको अगुवाइमा चन्दा सहयोग जुटाएर बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने सो मन्दिरको पुनःनिर्माण गरिएको हो । बाइसे–चौबिसे राज्यका पालामा तत्कालीन ढोलथाने राजाले पूजाआजाका लागि तीन सय वर्ष पहिले बनाएको सो मन्दिर जीर्ण भएको थियो । धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्यसहित...

  • २०७६ कार्तिक १४, बिहिबार

    मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढ्दै

    कञ्चनपुरका मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढाउनका लागि संयुक्त जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाइएको छ । जग्गामा बराबरी स्वामित्वले परिवार र समाजमा महिलाको मानसम्मान र पहिचान बढ्ने भएकाले संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको हो । चालू आवमा पुनःस्थापनमा परेका पुनर्वास नगरपालिका–९ का ४२ मुक्त हलिया परिवारलाई उपलब्ध गराएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्व कायम हुने गरी...

  • २०७६ कार्तिक १४, बिहिबार

    कर्णालीमा सामुदायिक नर्स कार्यक्रम

    प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो । मन्त्रालयको स्वास्थ्य महाशाखाले यसका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी २०१ जनालाई परिचालन गर्दैछ । महाशाखा प्रमुख वृषबहादुर...

Pages