राष्ट्रिय
-
२०७६ कार्तिक १४, बिहिबार
महङ्गो शुल्कका पर्यटन व्यवसाय सङ्कटमा
सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन । पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ...
-
२०७६ कार्तिक १४, बिहिबार
मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा ८० प्रतिशत काम
पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटाँैडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशतकार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताउनुभयो...
-
२०७६ कार्तिक १४, बिहिबार
सम्झौता अवधि सकिँदासम्म पनि पुल निर्माणको काम शुरु भएन
सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन । पुल निर्माणको जिम्मा लिएको कम्पनीले पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म पनि काम शुरु नगर्दा जिल्लाको सिस्ने गाउँपालिका वडा नं २, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ । लामो समय बितिसक्दा पनि सानीभेरी नदीमाथि बन्नुपर्ने पुल बन्न नसक्दा सिस्ने गाउँपालिकाका २, ३ र ४ वडाका सडक...
-
२०७६ कार्तिक १४, बिहिबार
धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’
झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने लोहासुरको राज्य कता रहेछ भनेर नियाल्न पहाडको सानो थुम्कीमा...
-
२०७६ कार्तिक १४, बिहिबार
शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खुलेपछि स्थानीयवासी हर्षित
करीब रु पाँच करोडको लागतमा शालिग्राम करिडोरअन्तर्गत तनहुँको देवघाट गाउँपालिकाको खण्डमा ट्र्याक खुलेको छ । तीन तहको सरकारको बजेटमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । ट्र्याक खन्न शुरु गरेको ६० वर्षमा शालिग्राम करिडोरको देवघाट खण्ड पूर्ण भएको छ । करिडोरको देवघाट गाउँपालिकाअन्तर्गत बन्चरेभिरको पहाड काट्न...
-
२०७६ कार्तिक १४, बिहिबार
देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग
देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो । विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताउनुभयो । देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो ।...
-
२०७६ कार्तिक १४, बिहिबार
छठपर्वको नहाय खाय विधि गरिँदै
आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै...
-
२०७६ कार्तिक १४, बिहिबार
डायलाइसिस सकिएकाले प्रम आजै निवास फर्कन सक्ने
स्वास्थ्योपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस सम्पन्न भएकाले सम्भवतः उहाँ आजै निवास फर्कने तयारी भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे बुझ्न अस्पताल पुग्नुभएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै...
-
२०७६ कार्तिक १४, बिहिबार
फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता
जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के...
-
२०७६ कार्तिक १४, बिहिबार
काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव
काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । छानाका लागि काठको समस्या भएको र त्यसका लागि १२ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा व्यवस्था गरिदिन सरकारसँग माग गरिएको छ । निर्माणअन्तर्गत अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य चार वटा थाम राखी बीचमा गारो...
-
२०७६ कार्तिक ११, सोमबार
मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै
मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ । गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ ९मुसल विशेष० द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा...
-
२०७६ कार्तिक १०, आइतबार
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा नारदनाथ...


