राष्ट्रिय
-
२०७६ कार्तिक १५, शुक्रबार
अण्डाको उत्पादन वृद्धि, लागतभन्दा कममा बिक्री
चितवनमा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएका जानकारी दिनुभयो । जिल्लामा सन् २०१५÷१६ मा एक अर्ब ३४ करोड गोटा अण्डा उत्पादन भएको थियो । यो सङ्ख्या बढेर सन् २०१६÷१७ मा एक अर्ब ४१ करोड गोटा भयो । गएको वर्ष उत्पादन बढेर एक अर्ब ८३ करोड गोटा...
-
२०७६ कार्तिक १५, शुक्रबार
पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो
पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५÷७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६÷७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको...
-
२०७६ कार्तिक १५, शुक्रबार
म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का
म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको...
-
२०७६ कार्तिक १५, शुक्रबार
छठपर्वका लागि नदी किनार सिङ्गारिँदै
झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् । विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो...
-
२०७६ कार्तिक १५, शुक्रबार
छठ पर्वको रौनक
प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै सिङ्गिया नदी र पिछडास्थित नहरमा हजारौँ सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ । पहिलो दिन व्रतालुहरुले नहायखाय...
-
२०७६ कार्तिक १५, शुक्रबार
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा...
-
२०७६ कार्तिक १५, शुक्रबार
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत
नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन् । एक देशमा अपराध गरी अर्को...
-
२०७६ कार्तिक १५, शुक्रबार
कुमालको पुख्र्यौली पेशा सङ्कटमा
बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका –८ मा बस्ने कुमाल जातिको पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको छ । बर्दियाको गुलरियामा हाटबजारहरुमा माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिंगारदान, चुलोसमेत बनाई आम्दानी गर्दै आएका कुमालहरुको पेशा अहिले रेडिमेड झिलीमिली बत्ती, बल्ब, भाँडाकुँडाका कारण सङ्कटमा पर्नुकोे साथै परिवार पाल्न समस्या भएको गुलरिया नगरपालिका वडा नं ८ बस्ने विशाल कुमालले बताउनुभयो ।...
-
२०७६ कार्तिक १५, शुक्रबार
बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई
म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–८ कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री खरीद गरी सात जना...
-
२०७६ कार्तिक १५, शुक्रबार
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कप्तान मल्ललाई शुभकामनासहित उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।
-
२०७६ कार्तिक १५, शुक्रबार
चिकित्सक नहुँदा प्रसूति सेवा बन्द
सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन् । सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको...
-
२०७६ कार्तिक १५, शुक्रबार
चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । सो क्रममा शुल्क फिर्ता वा समायोजन क–कसलाई कति गर्ने...


