राष्ट्रिय
-
२०७६ कार्तिक १८, सोमबार
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो । वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र...
-
२०७६ कार्तिक १७, आइतबार
अपडेट स् सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनभयो । उहाँका अनुसार केही शवहरु खोलाले बगाएको छ ।...
-
२०७६ कार्तिक १७, आइतबार
कर्मचारीले तलब नपाउँदा खानेपानी बन्द
कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६०० परिवारले झण्डै ३४ वर्षदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको हो । उनीहरुले दशैँ भत्ता र मासिक पारिश्रमिक पाएका छैनन् । आयोजनामा काम गर्दै आएका पाँचजना कर्मचारीले पछिल्लो दुई...
-
२०७६ कार्तिक १७, आइतबार
नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सामूहिक प्रयासको खाँचो
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मुलुकमा हाल कायम रहेको ऊर्जा गरिबी अन्त्य गरी ऊर्जा सुशासन कायम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित उच्चस्तरीय गोलमेच छलफल कार्यक्रममा उहाँले अबको भविष्य नवीकरणीय ऊर्जाको भएकाले हाल खनिज ऊर्जाका लागि दिइँदै आएको अनुदानलाई घटाएर...
-
२०७६ कार्तिक १७, आइतबार
परियोजना सञ्चालन क्षेत्र अवलोकन
गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन गरिएको छ । गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना...
-
२०७६ कार्तिक १७, आइतबार
देउसीभैलीको रकम बेसहारालाई
गुडीमुन्टे जोडी र टीकापुर अनलाइन टिभीले देउसीभैलीबाट सङ्कलित रकम ‘मेरी आमा’ नामक संस्थामा बस्ने बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले टीकापुर नगरपालिका–२ स्थित सञ्चालित मेरी आमामा बस्ने बालबालिकालाई देउसीभैलीबाट सङ्कलित रु ७७ हजार ६७८ बाट न्यानो लुगा र ओढ्ने ओछ्याउने सामग्री हस्तान्तरण गरेका हुन् । गुडीमुन्टे जोडीका संयोजक राजेन्द्र विकले बालबालिकालाई थोरै भए पनि सहयोग गरौँ भन्ने भावनाले देउसी...
-
२०७६ कार्तिक १७, आइतबार
अग्र्यानिक खेतीसम्बन्धी प्रशिक्षण
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अग्र्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अग्र्यानिक औषधिको प्रयोग गरेर खेती गर्न पे्ररणा दिने उद्देश्यले दुईदने प्रशिक्षण कार्यक्रमको शुरुआत गरिएको हो । वडा नं १० को विशेष...
-
२०७६ कार्तिक १७, आइतबार
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्दै
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरु समेट्दै विद्यमान लैङ्गिक हिंसा विभेद असमानता र वञ्चितीकरणका लागि लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिद्वारा...
-
२०७६ कार्तिक १७, आइतबार
उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न
आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो...
-
२०७६ कार्तिक १७, आइतबार
आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिएका छाँै ः अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताउनुभएको छ । संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उहाँले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास...
-
२०७६ कार्तिक १७, आइतबार
धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने
पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताउनुभयो...
-
२०७६ कार्तिक १७, आइतबार
छठपूजा समापन
आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको...


