relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक १९, मंगलबार

    उपनिर्वाचनका लागि उम्मेदवार छनोट

    नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष...

  • २०७६ कार्तिक १९, मंगलबार

    निर्माणाधीन सडकमा दुर्घटना बढे

    लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ । सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार...

  • २०७६ कार्तिक १९, मंगलबार

    अलपत्र अवस्थामा वृद्ध जिटी

    खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उहाँलाई आफन्तकै सम्झनाले...

  • २०७६ कार्तिक १९, मंगलबार

    प्रसाईँ स् चार पटक जेल जीवन

    प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त हुनुभएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । उहाँ विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित हुनुभएको थियो । झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मनुभएका उहाँ १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । झापा आन्दोलनमा सक्रिय उहाँ...

  • २०७६ कार्तिक १९, मंगलबार

    प्रहरीका सात भवन निर्माणाधीन

    जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५...

  • २०७६ कार्तिक १९, मंगलबार

    राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश नं १, तिलक परियार प्रदेश नं २, विष्णुप्रसाद प्रसाई प्रदेश नं ३, अमिक शेरचन गण्डकी प्रदेश, धर्मनाथ यादव प्रदेश नं ५, गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश र शर्मिलाकुमारी पन्त सुदूरपश्चिम...

  • २०७६ कार्तिक १९, मंगलबार

    सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

    ठूला चाड दशैँ, तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ । कात्तिक शुक्ल पक्षमा सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने भएकाले जात्राको रौनक छाएको केआइसिंह गाउँपालिकाका स्थानीय तथा पुजारी जयराज जोशीले बताउनुभयो । कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपिठ तथा...

  • २०७६ कार्तिक १९, मंगलबार

    राससकर्मी परियारलाई पत्नीशोक

    राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई पत्नीशोक परेको छ । हेटौँडा–८ कमाने निवासी परियारकी धर्मपत्नी ५३ वर्षीया मीनाको मुटु र मिर्गौलाको उपचारका क्रममा त्रिविवि शिक्षण मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचारका क्रममा आज बिहान निधन भएको पत्रकार परियारले जानकारी दिनुभयो । पाँच वर्षदेखि मुटु र मिर्गौैलाको उपचार गर्दै आउनुभएका परियारका एक छोरा र दुई...

  • २०७६ कार्तिक १९, मंगलबार

    सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

    सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ । जापान...

  • २०७६ कार्तिक १९, मंगलबार

    देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंंंं। ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान...

  • २०७६ कार्तिक १९, मंगलबार

    विकटमा टिकटको सास्ती

    हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो...

  • २०७६ कार्तिक १९, मंगलबार

    प्रदुषणको असर मानसिक रोग देखि मुटुरोग सम्म, मर्निङ वाक नजान विज्ञको सुझाव

    काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो । चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै वायु प्रदूषण हुने भएकाले जानकारहरु प्रदूषणबाट जोगिन आफैंले सतर्कता अपनाउनु पर्ने बताउँछन् । प्रदूषण धेरै हुने समयमा सकेसम्म बाहिर धेरै नहिँड्ने, मास्कको प्रयोग...

Pages