राष्ट्रिय
-
२०७६ कार्तिक १५, शुक्रबार
चिसोले प्रहरी चौकी सदरमुकाम सरे
चिसोका कारण ज्यान जोगाउन मुस्किल भएपछि उपल्लो डोल्पाका छ प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सारिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकी सदरमुकाम दुनै झारेपछि आफूहरूले असुरक्षित महसुस गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी प्रहरी...
-
२०७६ कार्तिक १५, शुक्रबार
‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने
सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो । अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’...
-
२०७६ कार्तिक १५, शुक्रबार
मोबाइल अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र
तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् । फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । त्यहाँका नागरिक घण्टाँै उकालो बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन् । मोबाइल घुमाउँदै जाँदा जहाँनेर...
-
२०७६ कार्तिक १५, शुक्रबार
आरोहणको सातदशकपछि प्रविधियुक्त उद्धार केन्द्र
आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ । अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ«े आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका कास्कीका...
-
२०७६ कार्तिक १५, शुक्रबार
निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । वातावरणको...
-
२०७६ कार्तिक १५, शुक्रबार
अण्डाको उत्पादन वृद्धि, लागतभन्दा कममा बिक्री
चितवनमा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएका जानकारी दिनुभयो । जिल्लामा सन् २०१५÷१६ मा एक अर्ब ३४ करोड गोटा अण्डा उत्पादन भएको थियो । यो सङ्ख्या बढेर सन् २०१६÷१७ मा एक अर्ब ४१ करोड गोटा भयो । गएको वर्ष उत्पादन बढेर एक अर्ब ८३ करोड गोटा...
-
२०७६ कार्तिक १५, शुक्रबार
पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो
पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५÷७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६÷७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको...
-
२०७६ कार्तिक १५, शुक्रबार
म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का
म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको...
-
२०७६ कार्तिक १५, शुक्रबार
छठपर्वका लागि नदी किनार सिङ्गारिँदै
झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् । विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो...
-
२०७६ कार्तिक १५, शुक्रबार
छठ पर्वको रौनक
प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै सिङ्गिया नदी र पिछडास्थित नहरमा हजारौँ सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ । पहिलो दिन व्रतालुहरुले नहायखाय...
-
२०७६ कार्तिक १५, शुक्रबार
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा...
-
२०७६ कार्तिक १४, बिहिबार
काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ ९क० को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पु¥याउन...


