राष्ट्रिय
-
२०७६ कार्तिक २४, आइतबार
डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प
चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो । यस्तै उक्त...
-
२०७६ कार्तिक २४, आइतबार
राज्यमन्त्री रावलद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो । “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय...
-
२०७६ कार्तिक २४, आइतबार
एसएसबीको अवरोध ः सीमास्तम्भ बेपत्ता
छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल एसएसबी को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने...
-
२०७६ कार्तिक २४, आइतबार
आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक÷एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ...
-
२०७६ कार्तिक २४, आइतबार
बाक्सिला बजार प्रदेश सरकारको लगानीमा स्तरोन्नति
जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ । ४४ वर्षदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारको होटल तथा पसललाई व्यवस्थित गर्न प्रदेश नं १ सरकारको रु एक करोड लगानीमा स्तरोन्नति गरिएको हो । विसं २०३२ देखि हालसम्म बाँसको चित्राले बनेको टहरामा सञ्चालन भइरहेको बाक्सिला बजार प्रदेशसभा सदस्य राजन राईको पहलमा प्राप्त बजेटबाट...
-
२०७६ कार्तिक २४, आइतबार
जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार
करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उहाँले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो । साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक...
-
२०७६ कार्तिक २४, आइतबार
प्याराग्लाइडिङको परीक्षण उडान
बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका...
-
२०७६ कार्तिक २४, आइतबार
शाकाहारी सम्मेलन कात्तिक २९ देखि
बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । शनिबार यहाँ आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । सम्मेलनमा...
-
२०७६ कार्तिक २४, आइतबार
महोत्सव सम्पन्न
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित वडा नं १ सापिङमा आयोजना गरिएको ‘प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६’ पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै शनिबार सम्पन्न भएको छ । मूलखर्क–भीमसेन मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दै त्यहाँका कृषि, पर्यापर्यटन विकास र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिने रमणीय क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न स्थानीय सरकार र...
-
२०७६ कार्तिक २४, आइतबार
साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय
पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताउनुभयो...
-
२०७६ कार्तिक २४, आइतबार
सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती
कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कृषिबाटै आर्थिक समृद्धि प्राप्त हुने भन्दै बर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीका ३२ शेयर सदस्यलाई प्रवद्र्धन गरी सामूहिक टमाटर खेतीमा आकर्षित...
-
२०७६ कार्तिक २४, आइतबार
घुम्ती शिविरबाट २१२ लाई नागरिकता
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र...


