STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक २८, बिहिबार

    विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा

    नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट तनहुँकी प्रभा भट्टराई, ईश्वर...

  • २०७६ कार्तिक २८, बिहिबार

    निजामतिमा उमेर हद साठी वर्ष बनाउन सहमति

    लामो छलफल र बहसपछि निजामति सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्याससमेतलाई ध्यान दिएर उमेर हद वृद्धि गर्ने प्रस्तावमा सहमति भएको हो । समितिबाट पारित...

  • २०७६ कार्तिक २८, बिहिबार

    ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम०को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले...

  • २०७६ कार्तिक २८, बिहिबार

    श्रमिक बालबालिका दुव्र्यवहार भोग्न बाध्य

    श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुव्र्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ । उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुव्र्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभाग र बेलायतको किग्स कलेजले संयुक्तरुपमा गरेको अध्ययनमा शारीरिक, यौन, भावनात्मक र बेवास्तालगायतमा...

  • २०७६ कार्तिक २८, बिहिबार

    निःशुल्क आखा जाँच तथा मोतीविन्दु शल्यक्रिया शिविर

    रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले सेवा लिएका छन् । मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जिल्लाका तीनवटै स्थानीय तहका नागरिकले सेवा लिएका हुन् । शिविरमा २३७ जनाको सामान्य आँखा जाँच गरिएको र ४४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सञ्जय पाठकले बताउनुभयो । आर्थिक स्थिति कमजोर...

  • २०७६ कार्तिक २८, बिहिबार

    बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा आउनुहुँदै

    बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै हुनुहुन्छ । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । पोखराको दृश्यावलोकन गर्न आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताउनुभयो । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी...

  • २०७६ कार्तिक २८, बिहिबार

    तीन गाउँपालिकाबीच भगिनी साइनो

    जिल्लाको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् । ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको...

  • २०७६ कार्तिक २८, बिहिबार

    उपनिर्वाचन २०७६ ः सुदूरपश्चिमका सात वडामा २२ को उम्मेदवारी

    बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका सात वडामा अगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बैतडीका तीन, डोटीको एक, अछामको एक, बाजुराको एक र कञ्चनपुरको एक वडा गरी सुदूरपश्चिमका सात वडामा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष रिक्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हँुदैछ । यस्तै डोटीको आदर्श गाउँपालिका–२, अछामको मल्लेख गाउँपालिका–५,...

  • २०७६ कार्तिक २८, बिहिबार

    शैक्षिक सामाग्री वितरण

    जिल्ला प्रहरी कार्यालय पाल्पाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रामपुर नगरपालिका–१० स्वामीभञ्याङस्थित सिद्ध प्राविका कक्षा ३ मा अध्ययनरत ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भने प्रहरीले व्यक्ति तथा विभिन्न संस्थाबाट शैक्षिक सामग्री सङ्कलन गर्दै आएको छ । जिप्रका...

  • २०७६ कार्तिक २८, बिहिबार

    डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

    मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ...

  • २०७६ कार्तिक २७, बुधबार

    वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

    पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । सडकमुनिबाट वन्यजन्तु वारपार...

  • २०७६ कार्तिक २७, बुधबार

    ‘बङ्गलादेशीहरु नेपाललाई स्वर्ग मान्छन् ’

    नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने सङ्घको विश्वास छ । सङ्घका अध्यक्ष दीनदया रिजालले रासससँग कुरा गर्दै भन्नुभयो, “बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई...

Pages