राष्ट्रिय
-
२०७६ मङ्सिर १, आइतबार
विद्युत् कटौतीको समस्या हट्यो
बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बागलुङवासीलाई सवस्टेशनमा रहेको ट्रान्सफर्मरको...
-
२०७६ मङ्सिर १, आइतबार
सोमबार उद्घाटन हुँदै माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना
कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो । त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’ । प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो । गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री...
-
२०७६ मङ्सिर १, आइतबार
दृष्टिविहीन विद्यार्थीका लागि आवास
दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो । राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४४० विद्यालयलाई हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी...
-
२०७६ मङ्सिर १, आइतबार
भृकुटीमण्डपमा वित्तीय मेला
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताउनुभएको छ । मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उहाँले लगानीको सम्भावना र बजार सुनिश्चित हँुदाहँुदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राख्नुभएको छ । वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५० लाख...
-
२०७६ कार्तिक ३०, शनिबार
हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ”,...
-
२०७६ कार्तिक ३०, शनिबार
सन्दर्भ राष्ट्रिय कफी दिवस गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र
गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र । हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उहाँले घर खर्च चलाउने रकम प्राप्त...
-
२०७६ कार्तिक ३०, शनिबार
चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सोही...
-
२०७६ कार्तिक ३०, शनिबार
‘राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैैन’
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । झापाको दमकमा आज युथ नेटवर्कले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अब देशलाई राजनीतिक आन्दोलन जरुरी नभएको दाबी गर्नुभयो । उहाँले देश नयाँ युगमा अघि बढिसकेकाले अब राजनीतिक परिवर्तन होइन, देशको विकास र समृद्धिका लागि एकजुट...
-
२०७६ कार्तिक ३०, शनिबार
नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ पराष्ट्रमन्त्री ज्ञवाली
पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताउनुभयो ।...
-
२०७६ कार्तिक ३०, शनिबार
सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण
प्र्र्रन्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ । महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री...
-
२०७६ कार्तिक ३०, शनिबार
प्याज प्रतिकिलो २००
केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ । प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिनुभयो । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ ।...
-
२०७६ कार्तिक २९, शुक्रबार
रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न
बेलायतका जियो फिजिक्स विज्ञहरुको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौथो पटकको जियो फिजिक्स सर्भे ९भू–भौतिक अध्ययन० सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्शन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म...


