‘राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैैन’
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ३०, शनिबार
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । झापाको दमकमा आज युथ नेटवर्कले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अब देशलाई राजनीतिक आन्दोलन जरुरी नभएको दाबी गर्नुभयो ।
उहाँले देश नयाँ युगमा अघि बढिसकेकाले अब राजनीतिक परिवर्तन होइन, देशको विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने दिन आएको बताउनुभयो । राजनीतिक परिवर्तनका लागि देशमा छ दशक बढी विभिन्न प्रकारका आन्दोलन र सङ्र्घष भएका उल्लेख गर्दै उहाँँले छ दशक लामो समयदेखिको उपलब्धिका रुपमा देशले गणतान्त्रिक संविधान पाएको र त्यसलाई संस्थागत गर्दै देशलाई विकास र समृद्धितर्फ रुपान्तरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय