relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर ८, आइतबार

    लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

    महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको आज शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताउनुभयो । नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता...

  • २०७६ मङ्सिर ८, आइतबार

    कीर्तिपुण्य महाविहारको उद्घाटन

    भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ । यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गर्नुभयो । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति...

  • २०७६ मङ्सिर ८, आइतबार

    ‘रासस हाम्रो साझा सम्पत्ति हो’

    प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राष्ट्रिय समाचार समिति रासस समस्त नेपालीको साझा सम्पत्ति भएको बताउँदै यसको भौतिक उन्नयनमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राससका महाप्रबन्धक ओपेन्द्र शर्मालगायत व्यवस्थापनका उच्च पदाधिकारीसँग आज रासस केन्द्रीय कार्यालयमा भएको भेटमा उहाँले सङ्घीय संरचनाअन्तर्गतको राससलाई प्रदेश सरकारका तर्फबाट सोझै आर्थिक सहयोग...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    निर्णय भएकै स्थानमा वडा कार्यालय बनाउन माग

    धनगढी उपमहानगरपालिका–७ का स्थानीयवासीले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापनाको माग गरेका छन् । स्थानीयवासी ३२४ जनाले बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वडा कार्यालय निर्माण गर्ने भनी निणर्य गरिएको शिव आधारभूत विद्यालयको पूर्वपट्टिको उपलब्ध गराइएको जग्गामा भवन बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् । सोही ठाउँमा वडा कार्यालय निर्माण गर्ने भनी गत वैशाख १७ गते वडा समितिले...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    विपद् व्यवस्थापनसम्बन्धी कोष स्थापना

    दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    गढीमाई मेला भर्न भक्तजन आउन थाले

    विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ । मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट पर्यटकहरु आउने गरेको र राँगा, खसीबोका बली हेर्न पर्यटक आउने गरेका छन् ।...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    आन्तरिक पर्यटन मेला फागुन ९ देखि

    सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु¥याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ । यसै सन्दर्भमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला डिटीएम २०२० आगामी फागुन ९ गतेदेखि यहाँ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    समाधान भएन जडीबुटी जामको समस्या

    अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला रु सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ । तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    ‘सी चिनफिङ विचारधारा’मा बहस

    नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयमा अन्तक्र्रिया आयोजना गरिएको छ । नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो । नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्त नेम्वाङले सी चिनफिङ विचारधाराले दुई...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    रोकिएको पुल छिटो बनाउन दबाब

    प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

    दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो । गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले रकम...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    सैनामैना नगरपालिकाका सडकको सर्वे शुरु

    रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका सडकको सर्वे शुरु भएको छ । सडक विभागका पूर्वनिर्देशक गम्भीर श्रेष्ठको नेतृत्वमा सडक विभागका पूर्वनिर्देशक भोजबहादुर ढकाल, इन्जिनीयरद्वय आशिष पौडेल र सुयोग्य केसी तथा नगरपालिकाका योजना शाखा प्रमुख सुरज न्यौपाने लगायतको टोलीले बिहीबारदेखि सर्वे शुरु गरेको हो । नगरप्रमुख चित्रबहादुर कार्कीले सर्वेक्षणबाट नगरमा रहेका विभिन्न सडकको अवस्था जानकारी हुने र सडकमा...

Pages