STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्णय भएकै स्थानमा वडा कार्यालय बनाउन माग

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ६, शुक्रबार

धनगढी उपमहानगरपालिका–७ का स्थानीयवासीले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापनाको माग गरेका छन् । स्थानीयवासी ३२४ जनाले बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वडा कार्यालय निर्माण गर्ने भनी निणर्य गरिएको शिव आधारभूत विद्यालयको पूर्वपट्टिको उपलब्ध गराइएको जग्गामा भवन बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् । सोही ठाउँमा वडा कार्यालय निर्माण गर्ने भनी गत वैशाख १७ गते वडा समितिले निर्णय गरेको थियो । सोही बमोजिम उपमहानगरपालिकाले भवन निर्माणका लागि टेन्डरसमेत निकालेको थियो । तर पछिल्लो समयमा दुर्गा मन्दिर भएको क्षेत्रमा वडा कार्यालय निर्माण गर्न केही व्यक्तिले माग राख्दै पत्रकार सम्मेलन गरेपछि विवाद सिर्जना भएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख नृपबहादुर वडले पहिले दुर्गा मन्दिर भएकै ठाउँमा वडा कार्यालय निर्माणका लागि ठाउँ हेरिएको बताउँदै त्यहाँ मिनी कभर्डहल निर्माण भइरहेकाले जमीन अपुग भएकाले शिव आधारभूत विद्यालय भएको ठाउँमा विद्यालयसँग जमीन मागेको जानकारी दिनुभयो । दुर्गामन्दिर भएको ठाउँमा स्थानीयवासीले मन्दिरले भाडामा लगाउने गरी सटर निर्माण गरेपछि जग्गा दिने सर्त राखेको थियो नगरप्रमुख वडले भन्नुभयो, “हामी त्यो गर्न नसक्ने भएकाले पनि वडा कार्यालय शिव आधारभूत विद्यालय भएको स्थानको पूर्वपट्टिको जमीनमा निर्माण गरिने निर्णय वडा समितिले गरेको हो ।” ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सबैको केन्द्र पर्ने र वडा समितिले निर्णय गरी टेन्डर आह्वानसमेत भएकाले शिव आधारभूत विद्यालयले उपलब्ध गराएको जमीनमा नै वडा कार्यालय निर्माणको माग राखेका थिए । तेह्र करोडको लागतमा खानेपानी योजना निर्माण हुँदै धनगढी उपमहानगरपालिका–१२ जुगेडामा नेपाल खानेपानी संस्थान धनगढीको सहयोग तथा उपमहानगरपालिकाको पहलमा झण्डै १३ करोडको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त बृहत् खानेपानी योजनाको विहिबार यहाँ शिलान्यास गर्नुभयो । धनगढीका सबै वडामा शुद्ध खानेपानी पु¥याउने उद्देश्यले उपमहानगरपालिका क्षेत्रभित्र आधा दर्जनभन्दा बढी खानेपानीका ठूला योजना निर्माण गर्ने काम भइरहेको खानेपानी संस्थान धनगढीका कार्यालय प्रमुख अरबिन्दकुमार कर्णले जानकारी दिनुभयो । तीन वर्षमा निर्माण सम्पन्न हुनेगरी निर्माण भइरहेको खानेपानी योजनाबाट स्थानीयवासीलाई भने एक वर्षभित्र नै खानेपानी वितरण गरिने जनाइएको छ । चार लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट पाँच हजार घरधुरीलाई खानेपानी पु¥याउने योजना रहेको बताइएको छ । नगरप्रमुख नृपबहादुर वडले विकास निर्माणका काममा जो कोहीले पनि तगारो हाल्न नहुने धारणा राख्दैै सबै नगरवासीलाई योजना निर्माणको काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय