राष्ट्रिय
-
२०७६ मङ्सिर ४, बुधबार
नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ नगरपालिका
नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र...
-
२०७६ मङ्सिर ४, बुधबार
शताब्दि पुरुष द्वारा पत्रकारहरुलाई बधाई ज्ञापन
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै जातीय र भाषिक समानताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । सो विषयमा जोड दिंदै उहाँले ‘नेपाल बहुजातीय र बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भनेर संविधानको प्रस्तावनामा नै लेखिएको छ, तर व्यवहारमा भाषिक, जातीय विभेद कायमै छ । ’ भन्ने...
-
२०७६ मङ्सिर ४, बुधबार
सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट
प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना छनोट गरेको हो । छनोट भएका अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका छन् । बाँकी भवन निर्माण, विद्युतीकरण र खेलमैदानका योजना छन् । उपनिर्वाचन हुन...
-
२०७६ मङ्सिर ४, बुधबार
अझै सञ्चालनमा आएन अस्पताल
झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडाँै लगानीमा निर्माण गरिएको सो अस्पताल नियमितरूपमा सञ्चालन नहँुदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् । करीब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न...
-
२०७६ मङ्सिर ४, बुधबार
कैलाशयात्रा भारतीय पर्यटकलाई रकम बढाइयो, व्यवसायी चिन्तामा
कैलाशयात्रा स् भारतीय पर्यटकलाई रकम बढाइयो, व्यवसायी चिन्तामा चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् । उक्त सेन्टरले भारतीय पर्यटकलाई...
-
२०७६ मङ्सिर ४, बुधबार
वडा सदस्यलाई साइकल
विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ । जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताउनुभयो । गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उहाँले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको मर्यादा बढाउन वडा सदस्यलाई आग्रह गर्नुभयो । तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको...
-
२०७६ मङ्सिर ४, बुधबार
आरन पेशाबाटै हर्कबहादुरको मासिक आम्दानी ५० हजार
खाँबाको धरन । डाँडाभाटा र बलाको भर । टिनको छाप्रो । त्यही छाप्रोमा छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौँ दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै धेरै दिनहरु बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको धेरै समय यसैमा बितेको छ । सानै उमेरदेखि फलाम र आरनको...
-
२०७६ मङ्सिर ४, बुधबार
मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सबै जिल्लामा
नमूना परियोजनाका रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । कार्यक्रममा प्रदेश नं ३ का सर्वसाधारणलगायत सबैको पहुँच विस्तार गरिने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य...
-
२०७६ मङ्सिर ४, बुधबार
साढे चार लाख मेट्रिक टन धान उत्पादन
यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताउनुभयो । “समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा...
-
२०७६ मङ्सिर ४, बुधबार
बजार क्षेत्रमा सिसी क्यामेरा
तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका–३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ । वडा र बागलुङ उद्योग वाणिज्य सङ्घ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका छन् । सिसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष...
-
२०७६ मङ्सिर ४, बुधबार
नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो । महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब...
-
२०७६ मङ्सिर ४, बुधबार
नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सक
जिल्ला अस्पताल फाप्लुमा करीब तीन हप्तापछि चिकित्सकको व्यवस्था गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले छ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाले नियुक्त गरेका डा स्मृति गौतमले आइतबारदेखि सेवा दिन थाल्नुभएको अस्पतालले जनाएको छ । अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ । जिल्लामा चिकित्सक नहँुदा स्वास्थ्यचौकीसरह तीन हप्तादेखि सेवा दिँदै...


