STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ६, शुक्रबार

    गढीमाई मेला भर्न भक्तजन आउन थाले

    विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ । मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट पर्यटकहरु आउने गरेको र राँगा, खसीबोका बली हेर्न पर्यटक आउने गरेका छन् ।...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    समाधान भएन जडीबुटी जामको समस्या

    अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला रु सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ । तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    आन्तरिक पर्यटन मेला फागुन ९ देखि

    सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु¥याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ । यसै सन्दर्भमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला डिटीएम २०२० आगामी फागुन ९ गतेदेखि यहाँ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    रोकिएको पुल छिटो बनाउन दबाब

    प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    ‘सी चिनफिङ विचारधारा’मा बहस

    नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयमा अन्तक्र्रिया आयोजना गरिएको छ । नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो । नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्त नेम्वाङले सी चिनफिङ विचारधाराले दुई...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    सैनामैना नगरपालिकाका सडकको सर्वे शुरु

    रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका सडकको सर्वे शुरु भएको छ । सडक विभागका पूर्वनिर्देशक गम्भीर श्रेष्ठको नेतृत्वमा सडक विभागका पूर्वनिर्देशक भोजबहादुर ढकाल, इन्जिनीयरद्वय आशिष पौडेल र सुयोग्य केसी तथा नगरपालिकाका योजना शाखा प्रमुख सुरज न्यौपाने लगायतको टोलीले बिहीबारदेखि सर्वे शुरु गरेको हो । नगरप्रमुख चित्रबहादुर कार्कीले सर्वेक्षणबाट नगरमा रहेका विभिन्न सडकको अवस्था जानकारी हुने र सडकमा...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

    दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो । गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले रकम...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    फेवातालमा १० हजार माछाका भुरा छोडियो

    विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ । परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा छाड्दै आएको छ । केही वर्षअघि तालमा शहर, कत्ले, काँडे,...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    पर्यटक बढेसँगै राजश्वमा वृद्धि

    बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७० ७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव २०७२÷७३ मा १० हजार ६४१, आव २०७३÷७४ मा १८ हजार नौ, आव २०७४÷७५ मा २० हजार ८४, आव २०७५÷७६ मा २४ हजार ५५८, २०७६÷७७ मा छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । आव २०७५÷...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    म्याग्दीका अधिकांश वडा कार्यालय सचिवविहीन

    म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा सचिव छैनन् । २९ वटा वडा सचिवविहीन भएका छन् । सात वडा रहेको धवलागिरि गाउँपालिका र पाँचवटा वडा...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

    जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरुले सङ्क्रमण गर्न थालेको छ । धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन् । “...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    दुर्घटना कम गर्न ‘रेट्रो स्टिकर’

    सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकमा रिफ्लेक्ट रेट्रो स्टिकर टाँस्न थालेको छ । सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट रेट्र० स्टिकर टाँस्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले बताउनुभयो । नेपालगञ्ज–कोहलपुर सडकमा विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण...

Pages