राष्ट्रिय
-
२०७६ मङ्सिर ८, आइतबार
औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी
औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन हुनुभएको छ । सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन हुनुभएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट,...
-
२०७६ मङ्सिर ८, आइतबार
उपनिर्वाचन २०७६ ः सुरक्षा व्यवस्था चुस्त
आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प पनि राखिने भएको छ...
-
२०७६ मङ्सिर ८, आइतबार
‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास
दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गर्नुभएको हो । प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा...
-
२०७६ मङ्सिर ८, आइतबार
कानून पढेर न्यायका पक्षमा लाग्दै मुक्त कम्लहरी
कुनै समय घोराही बजारको एक घरमा भाडा माझ्ने काम गर्ने पूर्वकम्लहरी विष्णु चौधरीलाई शिक्षा सङ्कायमा स्नाकोत्तर गरेर मात्रै चित्त बुझेन । चौधरीले हाल कानून विषयमा स्नातक अध्ययन गरिरहनुभएको छ । लमही नगरपालिका सतवरिया निवासी चौधरीका दिदीबहिनी पनि अरूकै घरमा भाडा माझ्ने र गोठालो जाने काम गर्थे । “पढाइ दिन्छु भनेर साहुले घरको काम गराउन लगे तर काम मात्रै लगाएँ”, उहाँले भन्नुभयो, “मेरो पढाइ छुटिसकेको थियो...
-
२०७६ मङ्सिर ८, आइतबार
अध्यक्ष तिमिल्सिनाद्वारा क्याम्पस उद्घाटन
दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण भएको छ । झण्डै रु डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले देशलाई आर्थिकरूपमा सवल बनाउन तीनै तहका सरकार...
-
२०७६ मङ्सिर ८, आइतबार
जुम्ली घोडा बिक्री भएनन्
एक महिना लगाएर बाजुरा र जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार ह्वात्तै घटेको छ । घोडा व्यापारका लागि प्रसिद्ध मानिएको जौलजीवी मेलामा यो वर्ष घोडा खरिद गर्न व्यापारी नै नआएपछि जुम्ली घोडाको व्यापार घटेको हो । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवी मेलामा गाउँगाउँसम्म सडक पहुँच पुगेसँगै घोडाप्रतिको आकर्षण घटेको छ । गत वर्षदेखि नै जौलजीवी मेलामा घोडाको व्यापार कम...
-
२०७६ मङ्सिर ८, आइतबार
नेपाली सेनाद्वारा स्वास्थ्य शिविर
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको उपचार गरिएको छ । युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालि तथा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमरबहादुर थापाले जानकारी दिनुभयो । युनिक अस्पताल र सेनाले बस्तीमै गएर निःशुल्क जाँच...
-
२०७६ मङ्सिर ८, आइतबार
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान
महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको आज शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताउनुभयो । नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता...
-
२०७६ मङ्सिर ८, आइतबार
भाषाविद् रेग्मीको कृति विमोचन
झर्रोवादी नेपाली साहित्यका अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निबन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गर्नुभएको हो । विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लाग्नुभएका रेग्मी हाल ८३ वर्ष पुग्नुभएको छ । नयाँ स्रस्टा उत्पादन...
-
२०७६ मङ्सिर ८, आइतबार
‘रासस हाम्रो साझा सम्पत्ति हो’
प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राष्ट्रिय समाचार समिति रासस समस्त नेपालीको साझा सम्पत्ति भएको बताउँदै यसको भौतिक उन्नयनमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राससका महाप्रबन्धक ओपेन्द्र शर्मालगायत व्यवस्थापनका उच्च पदाधिकारीसँग आज रासस केन्द्रीय कार्यालयमा भएको भेटमा उहाँले सङ्घीय संरचनाअन्तर्गतको राससलाई प्रदेश सरकारका तर्फबाट सोझै आर्थिक सहयोग...
-
२०७६ मङ्सिर ८, आइतबार
कीर्तिपुण्य महाविहारको उद्घाटन
भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ । यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गर्नुभयो । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति...
-
२०७६ मङ्सिर ८, आइतबार
टुटल र पठाओ चालकमाथि प्रहरीको कारबाही सुरु
८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ । यो कसूरमा २...


