relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर ११, बुधबार

    तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ ः मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गर्नुभयो । नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल...

  • २०७६ मङ्सिर ११, बुधबार

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री...

  • २०७६ मङ्सिर ११, बुधबार

    पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न

    झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीकमो बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राख्नुभएको छ । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चिह्न राख्नुभएको हो । भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पु¥याउन पानीको बोतलमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्न राखेकामा संस्कृति, पर्यटन तथा नागरिक...

  • २०७६ मङ्सिर ११, बुधबार

    तेह्रौँ साग पोखरेली पर्यटन व्यावसायीमा उत्साह

    बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हालै गर्नुभएको भ्रमणबाट प्राप्त विश्वव्यापकतापछि सुन्दर नगरी पोखरा यतिखेर आसन्न दक्षिण एशियाली खेलकूद सागको तीव्र प्रतिक्षामा छ । सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन् । देशको राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन...

  • २०७६ मङ्सिर ११, बुधबार

    हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा

    अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मङ्गलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजा गरेका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई...

  • २०७६ मङ्सिर ११, बुधबार

    चिसो बढ्यो

    काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम...

  • २०७६ मङ्सिर ११, बुधबार

    भवन अभावमा पठनपाठन प्रभावित

    व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ । वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत तुषारो खस्छ । पुरानो कमजोर छानासहितको जीर्ण भवन छ । आवासीय विद्यालय भएकाले सुत्ने र खाने कोठामा पनि पानी तथा शीत छिर्छ । सबै बालबालिका श्रवणशक्ति कमजोर भएका बहिरा छन् । पर्याप्त दक्ष साङ्केतिक शिक्षक पनि छैनन् । विद्यालयको कोठा र छात्रावासमा आकाशेपानी चुहिँदा...

  • २०७६ मङ्सिर ११, बुधबार

    अनलाइन सेवाबाट लालपुर्जा वितरण

    जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक...

  • २०७६ मङ्सिर ११, बुधबार

    बालबालिका बेचबिखनविरुद्ध सकड नाटक

    हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो । मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिनुभयो । बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम...

  • २०७६ मङ्सिर ११, बुधबार

    ‘१६ दिने अभियान शहर केन्द्रित भए’

    कर्णालीका प्रदेशसभा सदस्यले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम शहरमा मात्र केन्द्रित भएको बताएका छन् । सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेशसभाका सदस्यले यस्तो बताएका हुन् । सो अवसरमा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले प्रदेशमा हुने कुनै पनि लैङ्गिक हिंसाविरुद्धको कदम चाल्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू प्रश्नभन्दा काम...

  • २०७६ मङ्सिर ११, बुधबार

    कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत रकमान्तर

    कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला...

  • २०७६ मङ्सिर ११, बुधबार

    आचारसंहिता विपरीतको नियुक्ति बदर

    भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति गरेको थियोे । जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति...

Pages