
खेलकुद
-
२०७५ फाल्गुण ४, शनिबार
अन्तर्राष्ट्रिय धावकलाई आकर्षित पार्नुपर्ने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकलाई व्यापक रुपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने विषयमा जोड दिनुभएको छ । पोखरामा फागुन ७ गते हुन गइरहेको १३औँ अन्तर्राष्ट्रिय पोखरा म्याराथनको मुख्य संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय धावकलाई सहभागी हुन आकर्षित पार्नका लागि पुरस्कार राशिमा वृद्धि गरी १० हजार...
-
२०७५ फाल्गुण २, बिहिबार
नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने
नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग...
-
२०७५ फाल्गुण २, बिहिबार
नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि
नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ । यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने...
-
२०७५ फाल्गुण १, बुधबार
नेपाल इरान भिड्दै ,शीर्ष दुईमा पुग्न इरानलाई जित्नैपर्ने
भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने...
-
२०७५ कार्तिक १५, बिहिबार
तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । बुद्धवार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा...
-
२०७५ कार्तिक १४, बुधबार
मैत्रीपूर्ण खेलमा नेपाल महिला राष्ट्रिय फुटबल टोली विजयी
ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल...
-
२०७५ कार्तिक १३, मंगलबार
क्रिकेट एकेडेमी डिसिमा धनगढी ४४ रनले पराजित
धनगढी, १३ कात्तिक , मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी डिसिए आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो । मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । डिसिएका लागि...
-
२०७४ फाल्गुण १४, सोमबार
बास्केटबलको उपाधि मल्पीलाई
काठमाडौँ, १४ फागुन, तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ । मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । मल्पीको जीतमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १० अंकको योगदान दिए भने आकाश कर्मा गुरुङ र निकेश शाहले १–१ अंक थपे ।...
-
२०७४ फाल्गुण ९, बुधबार
प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा
पोखरा, प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा...
-
२०७४ फाल्गुण ९, बुधबार
चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए
काठमाडौँ, ९ फागुन (रासस) ः दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो...
-
२०७४ फाल्गुण ८, मंगलबार
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु
जितपुर, कपिलवस्तु, ८ फागुन ः यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने...
-
२०७४ फाल्गुण ७, सोमबार
नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँ, जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण...