STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

खेलकुद

  • २०७६ बैशाख ५, बिहिबार

     नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी 

    राष्ट्रिय खेलकूद परिषद् राखेप मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनमा नेपालमा खेलकूदको संस्थागत विकास गर्न विसं २०१५ मा राष्ट्रिय स्वास्थ्य तथा खेलकूद परिषद्को नाममा स्थापना भई खेलकूद परिषद् विकास ऐन, २०४८ अन्तर्गत रहेको राखेपभित्र यस्तो बेथिति मौलाएको...

  • २०७६ बैशाख ५, बिहिबार

    विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

    आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि यु–१९ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएई ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो ।   छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा...

  • २०७६ बैशाख ५, बिहिबार

    धेरै पदक जितेर देशको नाम राख्ने धोको

    सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् । यसअघि भारतको पुनामा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले अहिले पनि नतिजा दोहो¥याउने उद्देश्यका साथ करातेको अभ्यासमा लागिपरेकी छन् । “हाम्रो प्रशिक्षण उत्कृष्ट छ”, राना भन्छिन्, “धेरै पदक जितेर देशको नाम राख्छौँ ।”...

  • २०७६ बैशाख ५, बिहिबार

    नेपालगञ्ज खेलाडीमय भयो

    यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । सधँै आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई अहिले आठौँ खेलकूदले एक ठाउँमा जम्मा पारेको छ । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी हँुदैछन् । ३५ खेल समावेश रहेको प्रतियोगितामा नेपालगञ्जमा...

  • २०७६ बैशाख ५, बिहिबार

    आठौँ राष्ट्रिय खेलकूद ः एथ्लेटिक्स शुरु 

    आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ ।  बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ । १०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जितेका थिए ।  उनले १२ मिनेट १९ सेकेण्डमा सो दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश...

  • २०७६ बैशाख ५, बिहिबार

    केपिएल–टू’को पुरस्कार राशि, प्रायोजक र कप्तानको नाम सार्वजनिक 

    यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपिएल–टू को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ ।  आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार हात पार्नेछ । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान...

  • २०७६ बैशाख ५, बिहिबार

    आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् । बाँकेमा...

  • २०७६ बैशाख ४, बुधबार

    नेपाली क्रिकेट टोलीको घोषणा 

    थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् ।  छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक...

  • २०७६ बैशाख ३, मंगलबार

    एएफसी छनोट खेल्ने महिला टोली घोषणा

    एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर, सविता रानामगर,...

  • २०७६ बैशाख ३, मंगलबार

     राष्ट्रिय खेलकूद ः विभागीय टोलीको वर्चस्व

    प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ वटा कास्य गरी कूल २५४ वटा पदकको छिनोफानो भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन हुन अझै दुई दिन बाँकी छ । प्रतियोगितामा समावेश भएको खेल भने चैत २७ गतेदेखि नै खेलाउन शुरु गरिएको हो ।    खेल शुरु भएको सात दिन...

  • २०७६ बैशाख ३, मंगलबार

    नेपालले मलेसियालाई २३० रनको चुनौती दियो

    उन्नाइस वर्षमुनिको आइसिसी यु १९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ ।   मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार ग¥यो ।   नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए ।...

  • २०७६ बैशाख ३, मंगलबार

    नेपालले ओमनलाई हरायो

    आइसिसी उन्नाइस वर्षमुनि यु १९० एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ ।    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार...

Pages