
खेलकुद
-
२०७६ बैशाख १३, शुक्रबार
चन्द्रागिरि गोल्डकप आइतबारदेखि
दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ । चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिनुभयो । सहभागी टोलीमा आयोजक दीपशिखा युवा समूहसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ०, जावलाखेल युथ क्लब...
-
२०७६ बैशाख १२, बिहिबार
अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै
एशियाली क्रिकेट काउन्सिल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको...
-
२०७६ बैशाख १२, बिहिबार
थाइल्याण्डले २३५ रनको लक्ष्य पायो
थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले...
-
२०७६ बैशाख १२, बिहिबार
खेलकुदको विकासका लागि तथ्याङ्क सङ्कलन
समग्र खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने नीति र योजना ल्याउन प्रदेश नं ५ सरकारले खेल क्षेत्रको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ प्रादेशिकस्तरमा तथ्याङ्क सङ्कलन भएपछि खेलको पूर्वाधार विकास र खेलाडीको वृत्तिविकास र प्रोत्साहन हुने खालका योजना छनोटमा सहज हुने प्रदेश सरकारको विश्वास छ । पहिलोपटक प्रदेश गठन भएकाले प्रदेशको खेल क्षेत्रको यकिन तथ्याङ्क नहुँदा खेल पूर्वाधारमा आवश्यक लगानी...
-
२०७६ बैशाख १२, बिहिबार
वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता
एशियाली क्रिकेट काउन्सिल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द...
-
२०७६ बैशाख १२, बिहिबार
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाको मैदालान सम्याउने काम शुरु
चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो । मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गर्नुभएको छ । उहाँका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ । “कालोपत्र...
-
२०७६ बैशाख ११, बुधबार
२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता
२० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित...
-
२०७६ बैशाख ११, बुधबार
आठौँ खेलकूद ः नेपाली खेलकूदको युग परिवर्तन
आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो । “सीमित साधनस्रोतका बीचमा...
-
२०७६ बैशाख ११, बुधबार
जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे
सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् । यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहो¥याइन । कातातर्फको पहिलो खेलमै...
-
२०७६ बैशाख ११, बुधबार
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷...
-
२०७६ बैशाख ११, बुधबार
आठौँ खेलकूद भलिबलमा पुलिस र एपिएफ प्रथम
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल एपिएफ ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ पुलिस क्लबले नेपाल आर्मी क्लबलाई र महिलातर्फ एपिएफले प्रदेश नं ३ लाई हराउँदै उपाधि हात पारेको प्रदेश खेलकूद विकास समितिका सदस्य रीता कोइराला जानकारी दिनुभयो । पुरुषतर्फको खेलमा पहिलो सेट २५–१८ ले आर्मीलाई...
-
२०७६ बैशाख ११, बुधबार
महिला फुटबलमा नेपाल पुलिस तेस्रो
आठौँ राष्ट्रिय खलकूदअन्तर्गत महिला फुटबलमा आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । दाङको बेलझुण्डी रङ्गशालामा भएको प्रदेश नं ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा ‘सडन डेथ’ बाट पुलिसले जीत हासिल गरेको हो । पहिलो हाफमा कसैले पनि गोल गर्न नसके पनि दोस्रो हाफको २७ औँ मिनेटमा प्रदेश नं ३ का तर्फबाट जर्सी नम्बर ७ की मनिषा थापाले गोलको शुरुआत गर्नुभएको थियो । ३४ औँ...