STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिटिजन्स बैंक खुला टेनिस शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।
सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने सङ्घका अध्यक्ष मनोहरदास मुलले जानकारी दिनुभयो ।
प्रतियोगितामा १३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिङ्गल्स, मिक्स डबल्स र विभिन्न उमेर समूहको भेट्रान स्पर्धासहित १० स्पर्धामा खेल हुनेछ । प्रतियोगिताको पुरस्कार राशि रु चार लाख ९८ हजार ५०० छ । प्रतियोगिता वैशाखा २१ गतेसम्म सञ्चालन हुनेछ ।
Categorized in खेलकुद