STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुल्ला फुटबल प्रतियोगिता हुने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

बनेपा ब्वाइज् क्लब बिबिस को आयोजनामा यही वैशाख २० गतेदेखि बनेपामा ‘बिबिसी कप नाइन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ आयोजना गरिएको छ । बनेपामा आज पत्रकार सम्मेलन गरी नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो जेठ २ गतेसम्म बनेपास्थित बहुप्राविधिक शिक्षालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा काभ्रेपलाञ्चोको १८ तथा भक्तपुर, ललितपुर र काठमाडाँैका १७ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमलाई दुई लाख र उपविजेता टिमलाई रु एक लाख पुरस्कार दिइने आयोजकले जनाएका छन् । प्रतियोगितामा हरेक खेलका म्यान अफ दी म्याच, उत्कृष्ट हुने गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रतिरक्षकलाई समेत पुरस्कृत गरिनेछ ।
Categorized in खेलकुद