STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेयरकप भलिबल प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

उपप्रधानमन्त्री भीमबहादुर रावलले व्यक्ति शिक्षित भएपछि मात्रै समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले मङ्गलसेन नगरपालिकाले आयोजना गरेको दोस्रो मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकूदले शारीरिक, मानसिक रुपमा फाइदा हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा षोडशादेबी मावि मङ्गलसेनले राखेको मागपत्र बुझ्दै रावलले विद्यालयको छात्रावास र भवन निर्माणका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले खेलले राष्ट्रलाई चिनाउने भएकाले खेल सबैका लागि आवश्यक रहेको औंल्याउँदै विकास, प्रगती र उन्नति पनि खेल क्षेत्रबाट सम्भव रहेको बताउनुभयो । कार्यक्रममा मङ्गलसेन नगरपालिका– ३ निवासी पूर्व प्रहरी निरीक्षक भरतबहादुर बोगटीले आफ्ना स्वर्गीय बुबा गोरखबहादुर, आमा जयन्तीदेवी, दाजु नवलसिंह र सर्जन बोगटीको सम्झनामा षोडशा माविमा रु ५० हजारको गोजन्स स्मृति अक्षयकोष स्थापना गर्नुभयो । अक्षयकोषबाट २०७५ मा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र ज्ञानेन्द्र केसी र छात्रा चाँदनी बोगटीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै षोडशा भूतपूर्व विद्यार्थी समाजले निकालेको भित्तेपात्रोको विमोचन समेत गरिएको थियो ।
Categorized in खेलकुद