खेलकुद
-
२०७६ बैशाख ५, बिहिबार
नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी
राष्ट्रिय खेलकूद परिषद् राखेप मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनमा नेपालमा खेलकूदको संस्थागत विकास गर्न विसं २०१५ मा राष्ट्रिय स्वास्थ्य तथा खेलकूद परिषद्को नाममा स्थापना भई खेलकूद परिषद् विकास ऐन, २०४८ अन्तर्गत रहेको राखेपभित्र यस्तो बेथिति मौलाएको...
-
२०७६ बैशाख ५, बिहिबार
विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो
आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि यु–१९ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएई ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा...
-
२०७६ बैशाख ४, बुधबार
नेपाली क्रिकेट टोलीको घोषणा
थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् । छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक...
-
२०७६ बैशाख ३, मंगलबार
एएफसी छनोट खेल्ने महिला टोली घोषणा
एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर, सविता रानामगर,...
-
२०७६ बैशाख ३, मंगलबार
राष्ट्रिय खेलकूद ः विभागीय टोलीको वर्चस्व
प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ वटा कास्य गरी कूल २५४ वटा पदकको छिनोफानो भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन हुन अझै दुई दिन बाँकी छ । प्रतियोगितामा समावेश भएको खेल भने चैत २७ गतेदेखि नै खेलाउन शुरु गरिएको हो । खेल शुरु भएको सात दिन...
-
२०७६ बैशाख ३, मंगलबार
नेपालले मलेसियालाई २३० रनको चुनौती दियो
उन्नाइस वर्षमुनिको आइसिसी यु १९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार ग¥यो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए ।...
-
२०७६ बैशाख ३, मंगलबार
नेपालले ओमनलाई हरायो
आइसिसी उन्नाइस वर्षमुनि यु १९० एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार...
-
२०७६ बैशाख २, सोमबार
नेपालले मलेसियालाई हरायो
मलेसियामा जारी आइसिसी १९ वर्षमुनि यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले...
-
२०७६ बैशाख २, सोमबार
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष– २०७५–१
नेपाली खेलकूद क्षेत्रमा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भयो । बीस वर्षपछि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०मा नयाँ नेतृत्व, चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यसै वर्ष सम्पन्न हुँदा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भएको हो । बीस वर्षसम्म गणेश थापाको एकल नेतृत्वबाट चलेको एन्फाले कर्मा छिरिङ शेर्पाको नेतृत्व पाएसँगै चार वर्षदेखि रोकिएको तीन चरण शहीद स्मारक ‘ए’, ‘बी’ र ‘...
-
२०७५ चैत्र २९, शुक्रबार
कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’
दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरु गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे । खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री डन’ लीला सिंहलाई खेलस्थल नजिक वा टाढाको कुनै अनुभूति नै भएन । लगातारको खेल परिश्रमकै कारण महिला भएर पनि सुदूरपश्चिम प्रदेशबाट आफनो तौल समूहमा एकछत्र राज गरेकी...
-
२०७५ चैत्र २९, शुक्रबार
यू–१९ विश्वकप छनोट आजदेखि स् छनोट हुने नेपालको लक्ष्य
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स युएई, सिङ्गापुर, कुबेत र ओमान...
-
२०७५ चैत्र २९, शुक्रबार
आठौँ राष्ट्रिय खेलकूद ः आज नौ खेल हुने
प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आज नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ । आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । आजै दाङको घोराही कभर्ड हलमा...


