खेलकुद
-
२०७५ चैत्र २५, सोमबार
प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने
प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं। ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै...
-
२०७५ चैत्र २२, शुक्रबार
मेयर कप कराँते आजदेखि
नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुनेछ । सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ ।...
-
२०७५ चैत्र २२, शुक्रबार
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता निर्माण कार्य तीव्र
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो । अहिले त्यहाँ एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार एथलेटिक्स खेलका लागि त्यहाँ सिन्थेटिक...
-
२०७५ चैत्र २२, शुक्रबार
विश्वकप फुटसल स् नेपाल तीनै खेलमा पराजित
अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२...
-
२०७५ चैत्र २१, बिहिबार
फिफा वरियतामा नेपाल यथावत्
फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा० वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १८६औँ, बङ्गलादेश १८८औँ, पाकिस्तान २०० र...
-
२०७५ चैत्र १७, आइतबार
प्रवासीको सहयोगमा खेलमैदान निर्माण
रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब रु पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका उपाध्यक्ष रेशम शर्माले जानकारी दिनुभयो । खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८...
-
२०७५ चैत्र १५, शुक्रबार
गैरआवासीय नेपाली खेलाडीको सहभागिता
प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ एनआरएन खेलाडीले सहभागिता जनाउने भएका छन् । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन् । सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स ९युएई०, मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन...
-
२०७५ चैत्र १५, शुक्रबार
मिडिया कप फुटसलको उपाधि प्रेस सङ्गठनलाई
नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । आज यहाँ भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६ –१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको महासङ्घका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो । विजेता र उपविजेता टिमलाई महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल...
-
२०७५ चैत्र १४, बिहिबार
राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा
राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो । विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई...
-
२०७५ चैत्र १४, बिहिबार
नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी छु–गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो । सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु नेपालका लागि खुशीको कुरा भएको बताउँदै नेपालले राम्रो खेल प्रदर्शन...
-
२०७५ चैत्र १४, बिहिबार
अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान
कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान...
-
२०७५ चैत्र १४, बिहिबार
राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी
सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल ९एपिएफ० र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग¥यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेछन् । हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा आज भएको...