STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

 फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष– २०७५–१ 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

नेपाली खेलकूद क्षेत्रमा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भयो ।
बीस वर्षपछि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०मा नयाँ नेतृत्व, चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यसै वर्ष सम्पन्न हुँदा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भएको हो । 
बीस वर्षसम्म गणेश थापाको एकल नेतृत्वबाट चलेको एन्फाले कर्मा छिरिङ शेर्पाको नेतृत्व पाएसँगै चार वर्षदेखि रोकिएको तीन चरण शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ लिग फुटबल सोहि वर्ष सम्पन्न भएको थियो । त्यसो त रेलिगेशनको प्रावधान नहुँदा पनि लिगको रौनक पहिलेको जस्तो हुन सकेन । नेपाली फुटबल खेल गएको वर्ष एक ठूलो परिवर्तनको साक्षी बन्यो । परिवर्तन र पारदर्शीताको नारासहित शेर्पाले आफूलाई नेतृत्वमा स्थापित गर्न सफल भए ।
गएको वर्ष फुटबलमा केही सकारात्मक कामको थालनी समेत भएका छन् । अखिल नेपाल फुटबल सङ्घले आर्थिक नियमावली र कार्यविधि लागू गरेको छ । कार्यविधि लागू भएसँगै एन्फामाथि लाग्दै आएको आर्थिक अनियमितता र विसङ्गति कम हुने बताउहुनुहन्छ, एन्फा प्रवक्ता किरण राई ।
त्यसैगरी यस वर्षदेखि एन्फाका सदस्य जिल्लामा सञ्चालन गरिएको ग्रासरुट कार्यक्रमदेखि फुटबलमा स्थानीय सरकारलाई सहभागी गराउने एन्फाको महत्वपूर्ण रणनीतिको दुरगामी फाइदा नेपाली  फुटबलले पाउने देखिन्छ ।
त्यसैगरी विसं २०७५ मा व्यक्तिगततर्फ दुई नेपाली फुटबलरले यस वर्ष दुईवटा अवार्ड समेत जित्न सफल भए । रोहित चन्द नेपालमा भन्दा इण्डोनेसियामा बढी चर्चामा छ । इण्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लबले लिगको उपाधि मात्र जितेर रोहित उत्कृष्ट खेलाडी बन्न सफल भए ।
यसैगरी नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि तथा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्न सफल रहे । उनी माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा झन चुलिएको छ । 
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सोचेअनुसारको सफलता प्राप्त गर्न सकेन । बङ्गलादेशमा सम्पन्न साफ फुटबल तथा बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाएको नेपालले साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा बङ्गबन्धु कपमा भने समूह चरणबाटै घर फर्कियो । 
यसवर्ष केही खेल तथा खेलाडीले ऐतिहासिक सफलता प्राप्त गर्दा खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुनसकेन । एन्फामा चुनावको समय फरक कित्तामा उभिएका चार जिल्ला फुटबल सङ्घले एन्फाभित्र चरम आर्थिक अनियमितता भएको र निर्वाचनमा ठूलो रकमको चलखेल भएको आरोप लगाएपछि युवा तथा खेलकूद मन्त्रालयले एन्फा भ्रष्टाचारको विषयमा छानबिन गर्न समिति नै गठन गर्यो र अहिले सो घटना छानबिनकै चरणमा रहेको छ ।
महिला फुटबलको चर्चा
यसवर्ष पुरुष फुटबलसँगै महिला फुटबलका गतिविधि सञ्चालन भए । महिला फुटबलको अन्तर्राष्ट्रिय सहभागिता बढ्न पुग्यो । उमेर समूहमा महिला फुटबलले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । सिनियर टिमले समेत राम्रो तयारी गरेर ओलम्पिक छनोट हुँदै साफ च्याम्पियनसिपमा गर्विलो प्रदर्शन गर्न सफल भयो । साफ च्याम्पियनसीपको उपाधि घरमै जित्ने सपना भने यो वर्ष पनि भारतले पूरा हुन दिएन । 
यसैगरी सात्रिता भण्डारी, अनिता बस्नेतले भारतीय लिग तथा गिता राना भुटानी लिगमा जाने पक्का भएको छ । यसले महिला फुटबलको व्यवसायिक विकास महत्वपूर्ण प्रभाव पार्ने बताउनुहुन्छ, राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्का । 
 
वर्षको शुरुमै नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकुदमा रजत, शारीरिक सुगठनमा महेश्वर मास्केले विश्वस्तरको पदक तथा सन्दीप लामिछानेको एकपछि अर्को अन्तर्राष्ट्रिय सफलताले नेपाली खेलकूद क्षेत्रमा यस वर्ष नयाँ तरङ्ग सिर्जना ग¥यो ।
विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेका दशरथ रङ्गशाला नबन्दा नेपाली खेलकूदका लागि निराशाको वर्ष रह्यो । नेपालले २०७५ सालमा आयोजना गर्ने भनेको १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० भौतिक संरचनाका कारण सम्भव भएन । 
Categorized in खेलकुद