STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालले ओमनलाई हरायो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

आइसिसी उन्नाइस वर्षमुनि यु १९० एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ ।
मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ । 
 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार गयो । जवाफी ब्याटिङमा उत्रेको ओमन ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेटियो । 
ओमनका लागि अमनप्रित सिंह र जिल तन्नाले समान १३÷१३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । ओमनलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ एक्लैले तीन विकेट लिए । 
त्यस्तै सूर्य तामाङ र प्रतिष जिसीले समान दुई÷दुई विकेट तथा कौशल मल्ल, भीम सार्की र कमल सिंहले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे ।
 
बलिङतर्फ ओमनका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले दुई÷दुई विकेट झारेका थिए । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको थियो ।  
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेशियालाई आठ विकेटले हराएको थियो । 
 
अब नेपालले छनोटको अन्तिम खेल यही चैत ५ गते बिहीबार कुवेतसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेता टोलीले दक्षिण अफ्रिकामा सन् २०२० मा हुने विश्वकपमा सहभागिता जनाउने छन् । 
Categorized in खेलकुद