
खेलकुद
-
२०७६ बैशाख २, सोमबार
नेपालले मलेसियालाई हरायो
मलेसियामा जारी आइसिसी १९ वर्षमुनि यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले...
-
२०७६ बैशाख २, सोमबार
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष– २०७५–१
नेपाली खेलकूद क्षेत्रमा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भयो । बीस वर्षपछि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०मा नयाँ नेतृत्व, चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यसै वर्ष सम्पन्न हुँदा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भएको हो । बीस वर्षसम्म गणेश थापाको एकल नेतृत्वबाट चलेको एन्फाले कर्मा छिरिङ शेर्पाको नेतृत्व पाएसँगै चार वर्षदेखि रोकिएको तीन चरण शहीद स्मारक ‘ए’, ‘बी’ र ‘...
-
२०७५ चैत्र २९, शुक्रबार
कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’
दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरु गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे । खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री डन’ लीला सिंहलाई खेलस्थल नजिक वा टाढाको कुनै अनुभूति नै भएन । लगातारको खेल परिश्रमकै कारण महिला भएर पनि सुदूरपश्चिम प्रदेशबाट आफनो तौल समूहमा एकछत्र राज गरेकी...
-
२०७५ चैत्र २९, शुक्रबार
यू–१९ विश्वकप छनोट आजदेखि स् छनोट हुने नेपालको लक्ष्य
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स युएई, सिङ्गापुर, कुबेत र ओमान...
-
२०७५ चैत्र २९, शुक्रबार
आठौँ राष्ट्रिय खेलकूद ः आज नौ खेल हुने
प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आज नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ । आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । आजै दाङको घोराही कभर्ड हलमा...
-
२०७५ चैत्र २९, शुक्रबार
नेपाल सीधै विश्वकप छनोटको दोस्रो चरण्मा
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले सीधै दोस्रो चरणको छनोट खेल खेल्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले आज सार्वजनिक गरेको फिफा वरियताको एशियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाएको हो । यही अप्रिलको नयाँ वरियतामा ४६ एशियाली राष्ट्रमध्ये शीर्षमा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल सङ्घ एन्फा ले...
-
२०७५ चैत्र २८, बिहिबार
केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि
कर्णाली प्रिमियर लिग केपीएल को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ । एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,...
-
२०७५ चैत्र २७, बुधबार
आलेख नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता
घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ । नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । खेलकूदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकूदमय बनाइदिएको छ । भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने आठौं संस्करणको यो प्रतियोगिताले खेल जगत्लाई चलायमान बनाउने र नयाँ गति दिने विश्वास गरिएको छ...
-
२०७५ चैत्र २७, बुधबार
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु
प्रदेश नं। ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्९राखेप०ले जनाएको छ । आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च...
-
२०७५ चैत्र २६, मंगलबार
आठौँ खेलकूदलाई गर्मीको चुनौती
पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ । प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको...
-
२०७५ चैत्र २६, मंगलबार
चार हजार २०० मिटर उचाइमा म्याराथन दौड
ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो । एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा...
-
२०७५ चैत्र २६, मंगलबार
खेलाडीलाई सेकुवा
नेपालगञ्जको पहिचान र विशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र २०० वर्ष पुरानो शहर हो नेपालगञ्ज । सामाजिक र धार्मिक सद्भावको सफल उदाहरण पनि हो नेपालगञ्ज । नेपालगञ्ज बागेश्वरी मन्दिर, नेपालकै एक मात्र जुङ्गे महादेवको मूर्ति, गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको शहर हो । नेपालगञ्ज नेपालमै नहुने मौसम बोकेको शहर पनि हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको शहरका रुपमा चिनिन्छ...