STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरु गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे ।
खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री डन’ लीला सिंहलाई खेलस्थल नजिक वा टाढाको कुनै अनुभूति नै भएन । लगातारको खेल परिश्रमकै कारण महिला भएर पनि सुदूरपश्चिम प्रदेशबाट आफनो तौल समूहमा एकछत्र राज गरेकी सितोरियो कराँते खेलाडी सिंह ३८ वर्षको उमेरमा अहिले नजिकिँदै गरेको बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्रतिष्प्रर्धाको तयारीमा हुनुहुन्छ ।
विसं १९९७ मा बागफाँटामा छोटो प्रशिक्षणपश्चात महेन्द्रनगरस्थित कभर्डहलमा नियमित खेलमा सहभागी हुनुभएकी सिंह अझै पनि २० वर्षभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्छ । शुरुआत नै स्वर्ण पदक उचाल्नबाट शुरु गर्नुभएकी खेलाडी सिंह सुदूरपश्चिमको खेल जगत्मा आँटिली खेलाडीका रुपमा परिचित हुनुहुन्छ ।
“जिल्लादेखि प्रदेशबाट छनोटमा स्वर्ण पदकबाहेक अरुमा चित्त बुझाउनुपरेको सम्झना छैन”, हाल आठौँ राष्ट्रिय प्रतियोगिताको तयारी गरिरहनुभएकी सिंहले भन्नुभयो, “आठौँमा पनि प्रदेशभन्दा विभागीय टिमबाट आउने खेलाडीसित भिड्नु चुनौती छ ।”
खेलजीवनका क्रममा अनेक उतारचढाव आए पनि खेलबाट कहिल्यै विचलित नभएकी सिंह हालसम्म विभिन्न राष्ट्रिय आमन्त्रित प्रतियोगितामा गरी नौ स्वर्ण पदक र धेरै पटक सर्वोत्कृष्ट खेलाडीसमेत बनेकी छिन । २०६२÷६३ को जनआन्दोलन हुनुअघि तत्कालीन माओवादीले सिंहलाई नौ महीनासम्म अपहरण गरी आफ्नो नियन्त्रणमा राखेको थियो ।
 
“सधैँ घरबाट साइकल चढेर तालीम लिन कभर्डहल आउँथे” सिंहले भन्नुभयो, “त्यो बेला माओवादीेले प्रहरीको सुराकी भन्दै अपहरण गरी नौ महीना राखे ।” उहाँमाथि लगाइएको आरोप प्रमाणित नभएपछि रिहा हुनुभयो । वैवाहिक जीवमा बाँधिनुभएकी सिंहले बृहत् चौथो राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्नुभएको थियो ।
“छैटौँ हुँदा बाबु सानो भएकाले सहभागी हुन सकिनँ”, उहाँले भन्नुभयो, “आठौँ राष्ट्रियमा पनि खेलेरै सहभागी हुनुपर्छ भनेर छनोटमा भाग लिएर अघि बढेकी हूँ ।” आठौँमा ६८ किलोतौल समूहमा प्रतिष्पर्धा गर्ने सिंह बन्द प्रशिक्षण नभएकोप्रति दुःखी हुनुहुन्छ ।
 
“राष्ट्रिय खेलकूद हुँदा व्यक्तिगत इभेन्टका खेलाडीले बन्द प्रशिक्षण नपाएको यो पहिलोपटक हो”, उहाँले भन्नुभयो, “समूह खेलमा खेलाडीलाई बन्द प्रशिक्षण दिइए पनि व्यक्तिगततर्फ दिइएन ।” दुई दशक खेलक्षेत्रमा बिताउनुभएकी सिंहले खेलकूद राजनीति र पहुँचका कारण खस्किँदै गएको बताउहुनुहुन्छ ।
“खेलकूदमा लागेर भविष्य नदेख्ने राम्रा खेलाडी धेरै पलायन भए”, उहाँले भन्नुभयो, “अझै पनि देशका लागि भन्दा पनि ‘फिटनेस’का लागि खेल्नेको कमी छैन ।” राष्ट्रिय रेफ्री कोर्ष र ‘लेवल टु’ सम्मको कोर्ष गरिसकेको भए पनि पहुँच नभएकै कारण खेलकूदमा रोजगारी नपाएको उहाँको गुनासो छ ।
“यहाँ खेलाडीको क्षमता र दक्षतालाई अझै हेरिएको देखिँदैन”, उहाँले भन्नुभयो, “पहुँच भएकाले त रोजगारी पाए तर खेलस्तर कहाँ पुग्यो रु” कराँतेमा लामो समय लागिरहनु कराँतेका प्रशिक्षक विमल खडायत र अग्रज खेलाडी वीरेन्द्र कँुवरको प्रेरणा रहेको उहाँको भनाइ छ । “अझै पनि खेलाडी ग्रामीण भेगमै छन्”, उहाँले भन्नुभयो, “लुकेका प्रतिभालाई बाहिर ल्याउन सरकारले सकिरहेको छैन ।”
Categorized in खेलकुद