
खेलकुद
-
२०७४ फाल्गुण ४, शुक्रबार
विश्वकप छनोट प्रतियोगितामा नेपालको पहिलो खेल जिम्बावेसँग
एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा...
-
२०७४ माघ २३, मंगलबार
चेल्सी सम्हालिन नसक्दा ४-१ ले पराजित अन्तिममा
२३ माघ। इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । ८४ औं मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औं मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि...
-
२०७४ माघ १८, बिहिबार
अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा
अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज...
-
२०७४ माघ १५, सोमबार
आईसीसीको आश्वासन, विधान संशोधनपछि नेपालको निलम्बन फुकुवा गर्ने
१५ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरे आगामी जुनमा नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ । कार्यबाहक अध्यक्ष इमरान ख्वाजाले नेपाल आएर सल्लाहकार समूहसँग विधानबारे छलफल गरेका छन् । सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले संशोधन गरेपनि आईसीसीले मानेको छैन । २७ बुँदेमा संशोधन गरेकोमा सल्लाहकार समूहका अन्य सदस्यहरुले पनि...
-
२०७४ माघ ११, बिहिबार
भलिबलमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँछु ः अध्यक्ष श्रेष्ठ
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलको विकासका लागि यस वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट ठूलो आर्थिक सहयोग उपलब्ध गराउन प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । नेपाल भलिबल संघले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले प्रत्येक वर्ष एउटा खेलकुदको विधामा प्राप्त हुने सो सहयोग यसपटक भलिबलका लागि माग गरिएको जानकारी दिनुभयो । काठमाडौँ निर्वाचन...
-
२०७४ माघ १०, बुधबार
डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा
दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह...
-
२०७४ माघ ९, मंगलबार
राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम
विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल...
-
२०७४ माघ ४, बिहिबार
केपी ओलीले भने– सरकारले तोकेको प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका साथै प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको बताएका छन् । थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने आफूहरुले सरकारलाई सहमति दिएको भएपनि मनपरी नियुक्ति गरिएको आरोप लगाए...
-
२०७४ माघ ४, बिहिबार
नेपालले बनायो हवाइजहाज
काठमाडौँ, ४ माघ (रासस) ः विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ । विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको...