STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक भारतले एक जितसहित तीन अङ्क बटुल्यो भने इरान अङ्कविहीन हुँदै घर फर्कियो । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो । नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यान्मा, इरान र नेपाल सहभागी छन् ।
Categorized in खेलकुद